• २०७७ असोज ५ गते सोमवार
  • Preeti To Unicode

विद्यालयको भवन निर्माणका लागी सल्यानमा एकजनाले गरे निशुल्क जग्गा दान


सरिता चलाउने
चैत ७, सल्यान ।
सल्यानमा विद्यालयको भवन निर्माणको लागी एक ब्यक्तिले विद्यालय लाई निशुल्क जग्गा दान गरेका छन ।

जिल्लाकाे बन्गाड कुपिण्डे नगरपालीका वडा नम्बर १२ का स्थानीय शेर बहादुर रोकाले दुर्गा देबि प्राबि बिद्यालय लाई निशुल्क एक रोपनी जग्गा दान गरेका हुन ।

२०४० सालमा स्थापना भएको बिद्यालय अहिले सम्म ऐलानी जग्गामा सञ्चालन भएको थियो । १ देखि ५ सम्म सञ्चालन बिद्यालयमा भबन निमार्णका लागी जग्गा नभए पछि रोकाले जग्गा दान गरेको बताए ।

स्थानीय रोकाले जग्गा प्रदान गरेपछि अब छिटै बिद्यालयको भबन निर्माण गरिने बिद्यालयका प्रअ दिपेनद्र डिसिले बताए । निशुल्क जग्गा प्रदान गर्ने रोकालाई उनले धन्यबाद पनि दिए ।

प्रकाशित मिति : २०७४ चैत्र ७ गते बुधवार