• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा एसर्इर्इ परिक्षाकाे तयारी पुरा, ४ हजार भन्दा धेरै सहभागी हुदैँ, यति जना अयोग्य ?


सरिता चलाउने
चैत ७, सल्यान ।
विहिबारबाट संचालन हुुने यसवर्षको माध्यामिक शिक्षा परिक्षा एसईईको सम्पुर्ण तयारी पुरा भएको छ ।

परिक्षाको लागी सम्पुर्ण बिधालयमा केन्द्रअध्यक्ष, सहायक केन्द्रअध्यक्ष, कर्मचारीहरु खटाई सकिएको जिल्ला शिक्षा कार्यालय सल्यानले जानकारी दिएको छ । सल्यान बाट ४ हजार ७ सय ६३ जना बिद्यार्थी सहभागी हुने भएका छन् ।

जिल्लाभरी तोकिएका २३ वटा परिक्षा केन्द्रमा नियमित तर्फ बाट ४ हजार ५ सय ३७ र एक्जामटेड तर्फ बाट २ सय २६ जना गरेर ४ हजार ७ सय ६३ जना बिद्यार्थी परिक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यलय सल्यानले जानकारी दिएको छ ।

कार्यालयका अनुसार नियमित तर्फका ४ हजार ५ सय ३७ जना परिक्षार्थीले २२ वटा परिक्षा केन्द्रमा परिक्षा दिईने भएका छन भने जिल्ला भरीका २ सय २६ जना एक्जाम्टेड तर्फका परिक्षार्थीले परिक्षा केन्द्र श्री त्रिभुवन जनता माध्यामीक बिद्यालय भोटेचौरमा परिक्षा दिईने व्यवस्था मिलाइएको छ ।
७८ वटा विद्यालयहरु सहभागी हुने यस परिक्षामा सबै भन्दा बढि शिबजन माबि सितलपाटी केन्द्रमा ३ सय ३७ र भानुभक्त माबि दमाचौरमा सबै भन्दा थोरै १ सय ३९ जना परिक्षार्थी रहेका छन ।

यसैबीच विद्यालयमा हाजिरी नपुगेका सल्यानका १ सय १४ विद्यार्थी एसईई परीक्षा दिन अयोग्य देखिएका छन् । जिल्ला शिक्षा कार्यालय सल्यानले शिक्षा नियमावली अनुसार ती विद्यार्थीहरुले चैत ८ गतेबाट सुरु हुने परीक्षामा सहभागी नपाउने जनाएको छ ।

परिक्षामा समावेश हुनको लागी राजस्व जम्मा नगरेका, पचहत्तर प्रतिशत हाजिरी नपुगेका ५४ जना छात्र र ६० जना छात्राहरु यस बर्षको एसईई परीक्षा दिन अयोग्य भएका हुन् ।

प्रकाशित मिति : २०७४ चैत्र ७ गते बुधवार