• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा वडाध्यक्षले टोलमै पुगेर सेवा दिए


इन्द्र ब. बुढाथोकी
चैत ७, सल्यान ।
सल्यानकाे बन्गाड कुपिण्डे नगरपालिका वडा न २ का वडा अध्यक्ष प्रतिमल बुढाले २ दिन सम्म लाहाघाटमा पुगेर जनतालाई सेवा दिन लागेका छन । सेवाहरूमा विवाह दर्ता ८, जन्म दर्ता २९, घर कर ५९, मालपोत कर ३२, नागरिकता सिफारिस ३ वटा गरि जम्मा १९ हजार राजस्व सङकलन गरेको अध्यक्ष बुढाले जानकारी दिएका छन ।

दुई दिन सम्म चलेको शिविरमा जनताको उल्लासमै सहभागी भएको थियो । यस्तो सेवा दिनेमा बनगाड कुपिण्डे नगरपालिका १२ वटा वडा अध्यक्ष मध्य पहिलो वडा अध्यक्ष भएको बताएको छ । गाउँ बाट हिडेर वडा कार्यालयमा जान ३ घण्टा लाग्ने भएको कारणले सामान्य कार्यालयको काम भएपनी एक दिन भरिको काम खाजो हुने भएको र कार्यालयमा पुगे पनि घण्टा सम्म लाइनमा लाग्नु पर्ने भएकोले जनतालाई सेवा दिने उद्देश्यले गाउँ टोलि शिविर सन्चालन गरेको अध्यक्ष बुढाले जानकारी दिएका छन ।

गाउँ घरमा नै आएर आफुहरुलाइ सेवा दिए पछि अत्यन्तै खुसी भएको सेवा ग्राही दल बहादुर रानाले बताएका छन । यसरी गाउँमै आएर सेवा दिन मान्छे कहिले पनि पाएका थिएनौं तर अहिले आएर आफैले भोट हालेर जिताएका वडा अध्यक्षले आफ्नो घरमा नै आएर सेवा दिए पछि अत्यन्तै खुसी भएको रानाले बताएका छन ।

सेवा दिन वडा कार्यालय बाट वडा अध्यक्ष बुढा र सामाजिक परिचालन बिरेन्द्र पुनको उपस्तिथि थियो भने विहिबार पुनः अर्को गाउँ राइरामा जाने अध्यक्ष बुढाले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७४ चैत्र ७ गते बुधवार