चैत ७, रुकुम ।
पश्चिम रुकुमको सदरमुकाम मुसिकोटबाट आठबिसकोट जाँदै गरेको लु १ ज २६३८ नंंको जिप बाफिकोट–६ मग्मामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य ६ यात्रु गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइँदैछ । अहिलेसम्म मृतकको पहिचान भइसकेको छैन । घटनास्थलमा अहिले उद्धार कार्य जारी छ ।
जिप सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ । प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हो । पाँच यात्रु क्षमताको जिपमा २३ जना सवार थिए ।