चैत ७, सल्यान ।
सल्यानमा बाेइलरकाे मासु खाँदा एउटै घरका १ जनाकाे ज्यान गएकाे छ भने ४ जना बिरामी भएका छन् ।
जिल्लाकाे छत्रेश्वरी गाउँपालीका ४ झिम्पे हारीचारका धन बहादुर विककाे परिवारले अाज घर नजिकैकाे पसलबाट मासु ल्याएर घरमै पकाएर खाँदा उनकी १० बर्षीया छाेरी छायाँ विककाे मृत्यु भएकाे हाे । घरका मुख्य व्यक्ती धन बहादुर सहित बिरामी हुनेहरुमा ४० वर्षीया श्रीमती टिका विक, छाेरी १२ वर्षीया रेनुका विक र ९ वर्षीया लक्ष्मी विक रहेका छन् । धन बहादुर सिकिस्त बिरामी भएकाले नेपालगञ्ज रिफर गरीएकाे छ भने अन्य ३ जनालार्इ जिल्ला अस्पताल सल्यानमा उपचार गरिरहेकाे जिल्ला अस्पताल सल्यानका अहेब तिलक लामिछानेले बताएका छन् ।
अहेब लामिछानेका अनुसार उनिहरुलार्इ मासु खाँदा Food Poisoning हुन सक्ने बतार्इएकाे छ ।