• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सिरियामा फेरी हवाई आक्रमणमाः १६ बालबालिका सहित २० जनाको मृत्यु


चैत ८, सिरिया ।

सिरियाको उत्तरपश्चिमी शहर इदलिवमा सरकारी सेनाले गरेको हवाई आक्रमणमा परि विद्यार्थीसहित २० जनाको मृत्यु भएको छ । बुधबार भएको उक्त आक्रमणमा परि मृत्यु हुनेमा १६ जना विद्यालयका बालबालिका रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

मृतक विद्यार्थीमध्ये सबैभन्दा बढी उमेरका बालक ११ वर्षका रहेका जनाइएको छ। अन्य तीभन्दा कम उमेर हुन्।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार काफर बातिख क्षेत्रमा स्थानीय विद्यालयबाट निस्केका विद्यार्थीहरु आक्रमणमा परेको जनाइएको छ। एजेन्सी

फाेटाे फाइल

प्रकाशित मिति : २०७४ चैत्र ८ गते बिहिवार