• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

सिंहदरबार कब्जा गफ मात्रै, बाेलेकाे केहि समयमै प्रचण्डले दलितमाथि तथानाम गाली गरे


चैत ८, काठमाडौं ।

सिंहदरबार कब्जा गरेर दलितलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने इच्छा भएपनि त्यो पूरा हुन नसकेको बताएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अाफु बाेलेकाे केहि समयमा नै दलितलार्इ  तथानाम गाली गरेका छन् ।

५३ औं जातीय विभेद उन्मुलन दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सिंहदरबार कब्जा गरेर नै दलितलाई राष्ट्रिपति, प्रधनामन्त्री बनाउने इच्छा भएकाे बताएका थिए । तर त्यसकाे केहि समय पछि प्रचण्डले साेहि कार्यक्रममा दलित नेता विश्वभक्त दुलाल आहुतीलार्इ तथानाम गाली गरेका छन् । उनले आहुतीप्रति कटाक्ष गर्दै भने ‘‘जनयुद्धमा सबैभन्दा सहयोग दलित समुदायबाट भएको हो, यो समुदाय संविधानको उत्प्रेरक पनि हो । एउटा बुद्धिजिविलाई बल्लबल्ल नेतृत्वमा पुर्याइएको थियो तर त्यो नेतृत्व बहुलाएर गयो ।’’

प्रचण्डले सुन्दाखेरि क्रान्तिकारी सुनिने तर साम्राज्यवादीलाई सहयोग हुने खालका गतिविधि दलित वुद्धिजीविहरुबाटै भएको आरोप लगाए । ‘हाम्रो भनाइ क्रान्तिकारी सुनिने, फाइदा साम्राज्यवादीले उठाउने नहोस् । हाम्रै दलित समुदायले फाइदा उठाउने खालको हुनुपर्‍यो’ उनले भने ।

उनलेले धेरै पढ्यो भने धेरै नबुझ्ने हुने बताए । ‘लेनिनले असाध्यै धेरै भन्नुहुन्थ्यो, बुद्धजीविमा पाइने अहंकार, वुद्धिजीविमा पाइने अराजकता र आत्मकेन्द्रित व्यक्तिवादले आन्दोलनलाई बर्बाद पारिदिएको छ’ उनले भने ‘हाम्रो पार्टीमा पनि बल्ल बल्ल धेरै दुख गरेर एउटा वुद्धिजीविलाई नेतृत्वमा पुर्‍याएको थिएँ, उहाँले धेरै पढ्नुभयो र झण्डै झण्डै बौलाउनुभयो । अरु पनि को को बुद्धिजीविहरु बौलाउँदै जाने हो ?’

याे पनि सिंहदरबार कब्जा गरी दलितलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने सपना अधुराे भाे: प्रचण्ड

प्रकाशित मिति : २०७४ चैत्र ८ गते बिहिवार