चैत ८, भारत ।
टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘बिग बोस’ की सहभागी सोफिया हायतलाई एक पुरुषले २० लाख रुपयाँमा एक रात बिताउने प्रस्ताव गरेका छन् ।
सोफियाले इन्स्टाग्राम मार्फत सार्बजनिक गर्दै यस कुराकाे खण्डन गरेकी छन् । उनले ती व्यक्तिलाई सबक सिकाउदै उक्त सन्देश इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।
२० लाखमा एक रात भन्ने सन्देशको जवाफमा सोफियाले भनिन् ‘मेरो इमानलाई २० लाख त के २० करोडमा पनि कसैले खरीद गर्न सक्दैन । उनले प्रश्न गरिन् कि…
तिमी के आफ्नी आमालाई खरीद गर्न सक्छौं ?
सोफिया सामाजिक सञ्जालमा बोल्ड तस्विर पोस्ट गर्ने नारी हुन । केही दिनअघि मात्रै सोफियाले वेडरुम भिडियो पोस्ट गर्दै कण्डोमको प्रयोगबारे जानकारी दिएकी थिइन् ।