चैत ८, काठमाडाैं ।
नेकपा माअोवादी केन्द्रका नेता तथा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन अनन्तले एसईईको परिक्षा अवधिमा देशभर लोडसेडिङ नहुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
मन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई एसईईको परिक्षा अवधिमा देशभर लोडसेडिङ नर्गन निर्देशन दिएका हुन् ।
पुर्वी तराई र पश्चिम नेपालबाट उर्जामन्त्रीको सचिवलायमा राति लोडसेडिङ हुने गरेको गुनासो आएपछि उर्जामन्त्री पुनले बिहिवार घिसिङलाई टेलिफोन गरेर परिक्षार्थीलाई सहज हुने वातावरण बनाउन निर्देशन दिएको प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।