• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

यस्तो देखियो ‘सुनकेसरी’ को ट्रेलर, एक्लै हेर्दा डराउँनु हाेला


चैत ८, काठमाडौं ।

अभिनयको अलवा निर्माणमा समेत क्रियाशील रहँदै आएकी अभिनेत्री हुन् नायिका ऋचा शर्मा । उनै ऋचा निर्मित तथा अभिनित नयाँ चलचित्र ‘सुनकेसरी’को ट्रेलर बिहिबार सार्वजनिक गरिएको छ ।

‘सुनकेसरी’ हरर चलचित्र हो । अर्पण थापा निर्देशित यो चलचित्रमा ऋचाको अलवा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो चलचित्र बनाएकी हुन् ।

चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी रहेका छन् ।

११ जेठबाट प्रदर्शनमा आउने चलचित्र कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत रहेको छ । सम्पूर्ण छायाँकन अष्ट्रेलियामा भएको यो चलचित्रको बजेट २ करोड बताइएको छ ।

कार्यक्रममा अभिनेत्री ऋचाले ‘सुनकेसरी’ लाई स्तरीय हरर चलचित्र भएको बताइन् ।

प्रकाशित मिति : २०७४ चैत्र ८ गते बिहिवार