• २०७७ माघ ७ गते बुधवार
  • Preeti To Unicode

शाहरुख खानको छोरी देखि ऐश्वर्या राय सम्मले लगाउछन् यति महँगो ड्रेस, सुन्दै बेहाेस् ?


चैत १२, काठमाडौँ ।

अंग्रेजीमा एउटा भनाइ छ ‘फेस डज नट म्याटर , पर्सनालिटी डज’ । सुन्दर हुनु र देखिनुमा लगाई खुवाईले धेरै ठुलो भूमिका खेल्छ। कमै होलान जसलाई राम्रो बस्त्रले आकर्षण नगरोस ।

सामान्य मान्छे देखि लिएर ठुला ठुला कलाकार , उध्योगपतिसम्म सबैले आफ्नो लगाईमा एकदम भारी खर्च गरेको उनीहरुको पहिरनबाट सजिलै थाहा पाउन सकिन्छ खस गरि शृंगार र सजावटको हिसाबमा त महिलाहरु एकदमै ध्यान दिने गर्छन । त्यस्तै यी हुन् बलिउडका अभिनेत्री जसले स-साना कार्यक्रम देखि ठुला ठुला समारोहमा एकदमै महँगो ड्रेस अप गर्छन ।

शाहरुख खान छोरी सुहाना अब छिट्टै बलिउडमा आफ्ना कदम चाल्ने भएकी छन् । हाल मात्र उनी एउटा रेस्टुरेन्टको ओपनिङमा पुगेकी उनले सुन्तला रङको सुन्दर ड्रेसमा पुगेकी । जसको मूल्य कम्तिमा पनि भारतीय रु ६०००० थियो । यति मात्र होइन केहि समय अघि पिता साहरुख को बर्थडेमा उनले रु ५०,००० को मात्र टि शर्ट लागेकी थिइन् ।

ऐश्वर्या राय बच्चन
ऐश्वर्याले अंबानीको एउटा पार्टी मा यो ‘गाउन’ लगाएर गएकी थिइन् । यस गाउनको मूल्य रु तिन लाख पचास हजार रहेको थियो । जसको चर्चा बलिउडमा निकै लामो समय भएको थियो ।

उर्वशी राउटेला
केहि समय अघि उनले आफ्नो नातेदारको विवाहमा ४० किलोको साडी लगाएर पुगेकी थिइन् । जुन सारीको मुल्य मूल्य : ५५ लाख रहेको चर्चा बलिउड नगरीमा भएको थियो ।

आलिया भट्ट
आलियाले आइफा २०१७ मा कालो गाउन लाई रोजेकी थिइन् । उनले लगाएको यस ड्रेसलाई भारतीय २३ लाख रुपैया पर्दछ ।

प्रियंका चोपडा
प्रियंका चोपडाले २०१७ मा भएको यूएनको ग्लोबल गोल्स अवार्ड्समा लगाएको पीसी प्लेन फुल स्लीव्स व्हाइट गाउन जसको मुल्य भारतीय झन्डै तिन लाख पर्ने गर्दछ ।

करीना कपुर
करिनाले आफ्नी नन्द सोहा अली खानको बुक लन्च इभेन्टमा लगाएको रेड गाउनलाई बिभु महपत्र ले डिजाइन गरेका थिए भने उक्त रेड गाउन को मुल्य भारतीय रुपैयाँ पाँच लाख ४१ हजार रहेको थियो ।

दिपिका पादुकोने
दिपिका पादुकोनेले कान्स २०१७ मा लगाएको ड्रेसको मुल्य पाँच लाख रहेको थियो । केहि समय पहिले भएको कान्स २०१७ मा उनले लगाएको ड्रेसको चर्चाले माया नगरी मुम्बईमा राम्रो स्थान पाएको थियो ।

प्रकाशित मिति : २०७४ चैत्र १२ गते सोमवार