• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

के बलात्कारमा मज्जा आउँछ ?


चैत १२, काठमाडौं ।

बलात्कारको समाचार बारम्बार सार्वजनिक भइरहन्छन् । अझ पीडितसँग बारम्बार प्रश्न सोधेपछि उनीहरु झन तनाबमा हुन्छन् । बलात्कारपछि परिवारका सदस्य सो कुरालाई प्रहरी प्रशासनसम्म पुर्‍याउन झन डराउँछन् । उनीहरुमा प्रहरीमा रिपोर्ट गर्‍यो भने पीडितको नाम सञ्चारमाध्यमका आउने भन्दै उजुरी गर्नै जाँदैनन् ।
सञ्चारकर्मीले पीडितका आफन्तसँग सलाव जवाफ गर्छन् र विस्तारै पीडित युवतीको पहिचान हुन्छ ।

पटनाको मगध महिला कलेजका युवतीले जब आफ्नो मनको कुरा सुनाउन थाले, उनीहरुले सबै आफ्नो मनमा लागेको कुरा सुनाउन थाले । उनीहरु स्पष्ट रुपमा एकपछि अर्के गर्दै आलोचना गर्न शुरु गरे । बलात्कारका विषयमा मिडिया रिपोर्टिङबाट उनीहरु यतिधेरै रिसाउँछन् भन्ने सोचेकी थिइन् । मैले माइक उनीहरुको अगाडि राख्दा माइक फाल्न उनीहरुका हात उठे । उनीहरुको कुरा सुनेर मलाइ गत वर्ष वैशालीमा आफ्नो स्कुलको होस्टल नजिक मृत भेटिएकी एक युवतीको सम्झना भयो । उनको शरीरका कपडा च्यातिएको थियो । बलात्कारका परेकी ती युवतीको नाम सबै सञ्चारमाध्यमले प्रकाशन गरेका थिए । जसलाई कानुनले निषेध गरेको थियो । मगध महिला कलेजमा सबैभन्दा अगाडि बोल्ने युवतीसँग अन्य तीन–चार जना साथीहरु पनि थिए । जसले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कलेजमा एक कार्यक्रमको आयोजना गरेका थिए ।

सो कार्यक्रम भन्दा पहिला उनीहरुकै उमेर समूहकी एक युवतीमाथि एसिड आक्रमण भएको थियो । त्यो दिन ती युवतीसँग उनीभन्दा उमेरमा केही बढी रहेका उनका मामा पनि सँगै थिए । त्यो दिन समाचारमा एसिड आक्रमणको भन्दा पनि ती युवती र उनका मामाबीचको सम्बन्धको बढी चर्चा भएको थियो । कलेजका विद्यार्थीको आपत्ति यहि विषयको रिपोर्टिङमा थियो । समाचारमा सामान्यतया युवतीमाथि नै औंला उठाइन्छ । जस्तै के लगाउने, कति बेला बाहिर निस्किने आदि विषयमा युवतीमाथि प्रश्न उठाइन्छ ।

यस्तोमा कुनै युवती किन बाहिर आउँछे, चुप लागरे बस्नु उचित सम्झिन्न ? कुर्ता सुरुवाल लगाउने युवतीमाथि बलात्कार हुँदैन ? कपडाले केही फरक पर्दैन । ती युवतीमध्ये कसैले कुता सुरुवाल लगाएका थिए भने सबैले जिन्स र टप लगाएका थिए । धेरैजसो युवती पटनामा नै अध्ययन गरेका थिए । विहार सरकारको योजना र स्कलरसिपको सहयोगबाट विगत वर्षमा कलेज र विश्वविद्यालयमा युवतीको संख्या बढेको छ । मगध महिला कजेल केवल महिलाका लागि मात्रै हो । सो कलेजकी मनोविज्ञान विभाग प्रमुखका अनुसार यो माहोल र यी युवतीको विचारधारको दिशा, अधिकार र सोच खुलेर बोल्ने बोल्न सक्ने आत्मबल बढाउन महत्वपूर्ण भूमिका निवार्ह गर्छ । तर, यस्तो परिवर्तन युवतीको दुनियाँमा देखिएको छैन ।

विहारका वरिष्ठ महिला पत्रकारमध्ये एक रजनी शंकरका अनुसार क्राइम रिपोर्टिङ धेरैजसो पुरुष पत्रकारले गर्ने गरेका छन् त्यही भएर कसैको हेराई संवेदनशीता आशा गरेभन्दा कम भएको हुनसक्छ । उनको यी कुरामा केही शब्दमा ध्यान दिनु आवश्यक छ । ‘केही पुरुष पत्रकार रिर्पोट बनाउने समयमा हिंसालाई आवश्यक भन्दा धेरै खोज्छन् र लेख्छन्, मानौ उनीहरुलाई यसमा रस मिलेको होस र रमाइलो अनुभूति भइरहेको होस्,’ उनले भनिन् । दक्षिण एसियामा महिला सञ्चारकर्मीको संगठन ‘साउथ एशियन वुमेन इन मिडिया’ विहारका अध्यक्ष समेत रहेकी रजनी शंकर हिन्दुस्थान समाचार एजेन्सी विहारकी प्रमुख पनि हुन् । उनी आफ्नो एजेन्सीमा पुरुष पत्रकारसँग वर्कसप गरेर यस्ता विषयलाई सुल्झाउने कोशिस पनि गर्छिन् । बीबीसी

प्रकाशित मिति : २०७४ चैत्र १२ गते सोमवार