• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

कर्णाली प्रदेशमा मंगलबार देखि फेसबुक बन्द, यस्ताे गरे मुख्यमन्त्री शाहीले छलफल ?


चैत १२, सुर्खेत ।

कर्णाली प्रदेशका सरकारी कार्यालयमा कार्यालय समयअवधिभित्र फेसबुक प्रतिबन्ध गरिने भएको छ । प्रदेश सरकारको निर्णय मंगलबारदेखि मन्त्रालयबाट लागु हुने भएको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारी कार्यालयमा कार्यालय समयमा फेसबुक बन्द गर्ने निर्णय कार्यान्वयनका लागि आइतबार सुर्खेतमा रहेका सरकारी र नीजि स्वामित्वका इन्टरनेट सेवा प्रदायकहरुलाई कार्यालयमा बोलाएर छलफल गरेका छन् ।

छलफलमा कार्यालय अवधिमा फेसबुक सञ्चालनमा रोक लगाउने विषयमा कुराकानी भएको छ । छलफलमा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखहरूले मुख्यमन्त्रीको कार्यालयले आधिकारीक पत्र पठाए मन्त्रालय तथा सरकारी कार्यालयमा कार्यालय अवधिमा फेसबुक सञ्चालनमा सजिलै रोक लगाउन सकिने बताएका छन् ।

मुख्यमन्त्री कार्यालयले सोमबार नै इन्टरनेट सेवा प्रदायक कार्यालयलाई आधिकारीक पत्र पठाएर मंगलबारबाट मन्त्रालयमा बिहान १० बजेदेखि साझ ५ बजेसम्म फेसबुक चलाउन नपाईने व्यवस्था गर्न लागेको मुख्यमन्त्रीका स्वकिय सचिव सुरेश पहाडिले जानकारी दिए ।

पहिलो चरणमा प्रदेश सरकारका सबै मन्त्रालयमा मंगलबार देखि फेसबुक चलाउन पाइने छैन । हाल सुर्खेतमा नेपाल टेलिकम, टेक माइण्ड, वल्र्डलिंक, सुविसु र सुर्खेत केवल नेटले इन्टरनेट आफ्नो सेवा प्रवाह गर्दै आएको छ ।

मुख्यमन्त्री शाहीले केही दिन अघि कार्यालय समयमा फेसबुक बन्द गर्ने अभिव्यक्ति दिएका थिए । उनी अहिले सुर्खेत आएपछि तत्काल फेसबुक बन्द गर्ने गृहकार्य अगाडि बढाएका हुन् ।

प्रकाशित मिति : २०७४ चैत्र १२ गते सोमवार