चैत १२, सुर्खेत ।
सुर्खेतमा इट्टा भट्टामा च्यापिएर एकजनाको मृत्यु भएको छ।
जिल्लाकाे वीरेन्द्रनगरस्थित सूर्य इट्टा भट्टाभित्रको इट्टा निकाल्न गएका बेला सोमबार बिहान करिब ८ बजेतिर पर्खाल भत्किँदा मजदूरको मृत्यु भएको हो।
मृत्यु हुनेमा भारतको बहराईच मटेरा कगर गाँउ बस्ने ४२ वर्षीय सुकइलाल तेली साह रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
दुर्घटनामा परी २ जना घाइते भएका छन्। घाइते हुनेमा मृतक सुकइलालका २१ वर्षीय छोरा बल्लु साह तेलीको खुट्टामा चोट लागेको छ भने सोही ठाँउका ३० वर्षीय मोहम्मद आयमदको पनि खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेहरूको क्षेत्रीय अस्पताल कालागाँउमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।