• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

अटो रिक्सा दुर्घटनामा परी कम्तीमा १० जना मृत्यु


चैत १२, भारत ।

भारतकाे तेलंगनामा सडक दुर्घटनामा परी कम्तीमा पनि १० जना यात्रुको ज्यान गएको छ । तेलंगना राज्यको मेन्दोरा भन्ने क्षेत्रमा सडकमा गुडिरहेको एक अटो रिक्सा सडकबाट खोँचमा खस्दा त्यसमा रहेका १० जना यात्रुको ज्यान गएको हो ।

आइतबार साँझ सो दुर्घटना भएको यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ । उक्त राज्यको राजधानी हैदराबादबाट करिब १७० किलोमीटर टाढा सो दुर्घटना भएको हो ।

उक्त रिक्सामा १४ जना यात्रु रहेका थिए । अरु यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार निकै रफ्तारमा रहेको सो रिक्सा अनियन्त्रित भई अकस्मात खसेर दुर्घटनामा परेको थियो ।
प्रहरीले दिएको जानकारीअनुसार उक्त रिक्सामा धेरैजना यात्रु राखिएको र द्रुत गतिमा चलाउँदा अनियन्त्रित भई सडकबाट खसेको थियो ।

दुर्घटनाबाट सो रिक्सामा रहेका चार जना महिला र छ बालबालिकाको ज्यान गएको छ । बाँकी चारजना घाइतेको यहाँको स्थानीय अस्तालमा उपचार भइरहेको छ । एजेन्सी

प्रकाशित मिति : २०७४ चैत्र १२ गते सोमवार