चैत १२, अर्धाआँची ।
क्रान्तिकारी पत्रकार संगठन नेपाल अर्घाखाँचीको अध्यक्षमा अनिल नेपाली निर्वाचित भएका छन ।
सन्धिखर्कमा भएको दोस्रो जिल्ला सम्मेलनले नेपालीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन भएको छ । जसको उपाध्यक्षमा दिपक खत्रि,सचिव अंकित जिशि र कोषाध्यक्षमा सुरज सुनार रहेका छन् । अन्य सदस्यहरुमा दिपक बञ्जाडे,किशान पाण्डे,हिमा कुवर,विष्णु रावत क्षेत्रि,कृष्ण नेपाली,सुवास थापा,सुरज विश्वकर्मा र विनोद कुर्मि रहेका छन भने अन्य ४ जनालाई पछि थप्ने निर्णय गरेको बताइएको छ ।
सम्मेलनको उद्घाटन संगठनका केन्द्रिय सचिबालय सदस्य एवम लुम्बिनी ब्युरो ईन्चार्ज प्रकाश डुम्रेले गरेका थिए । सम्मेलनको उदघाटन गर्दै डुम्रेले जनपक्षीय पत्रकारितामा कलम चलाउन जोड दिए । उनले पत्रकारलाई हेर्न दृष्टिकोण फेर्न सरकारसँग अनुरोध समेत गरेका थिए ।
नेपाली पत्रकारिता जगत बदनाम बन्दै गएकोले पेशागत मर्यादामा लाग्न सबैलाई अनुरोधसमेत गरेका थिए ।