• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

बर्दियाका सबै जनप्रतिनिधिका हातहातमा नेकपाको पत्र, प्रमुख र मेयर डरले थुरथुर


चैत १२, गुलरिया ।

नेपाल कम्युनिस्ट पार्टीले बर्दियाका सबै जनप्रतिनिधिहरुलाई राजिनामा गर्न चेतावनीसहितको पत्र बुझाएको छ ।

जिल्लाका आठओटै स्थानीय तहका प्रमुखको हातमा सोमबार पत्र पुगेको छ । नेकपाले समानान्तर सत्ताको रुपमा गठन गरेको जिल्ला जनपरिषद बर्दियाका प्रमुख टिकाराम चौधरीले हस्ताक्षर गरेको पत्र पुगेसँगै खैलाबैला मच्चिएको छ । राजिनामा पत्र पुगेको राजापुरको नगरपालिकाकी मेयर शिबप्रसाद थारुसहित सबै स्थानीय तहका प्रमुखहरुले पत्र पाएको स्वीकार गरेका छन् ।

पत्रमा सरकारले लोकतन्त्रको नाममा फासिवाद अभ्यास, आफै सरकारका प्रमुख आफै व्यापारी, ठेकेदार आफै ब्याबसायी सिंहदरबारदेखि स्थानिय गाउँ टोल टोलमा भ्रष्टाचार कालो बजारी, राजनितिक तथा सामाजिक दलाली मानव बेचबिखन, भ्रष्टाचार, कर छली, नियन्त्रण गर्न नसकेको कारण राजिनामा गर्न भनिएको छ ।

“जनविरोधी दलाल संसदीय सत्ताको प्रतिनिधि बनेर जनताको नजरमा कलंकित बन्नुको सट्टा आफ्नो पदीय ओहदाबाट राजिनामा दिइ जनपरिषदलाई वैकल्पिक जनसत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्माणमा सहयोग गर्न यसपत्रमार्फत आग्रह गरिन्छ । अन्यथा निस्कने परिणामको जिम्मेवारी स्वंम हुनुपर्ने जानकारी गराइन्छ भनिएको छ” पत्रमा उल्लेख गरिएको छ ।

पत्र पुगेसँगै सबैभन्दा बढी गाउँपालीका प्रमुख तथा नगरपालीका मेयर त्रसिद भएको बताइएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र १२ गते सोमवार