• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

सुर्खेतमा एसइई परीक्षा दिइरहेकी छात्रा मृत भेटिइन्


चैत १३,  सुर्खेत ।

एसइई परीक्षा दिइरहेकी एक छात्रा सुर्खेतमा मृत फेला परेकी छन् ।

पञ्चपुरी नगरपालिका– ३ की गौरीकला रोकाय मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

उनी पञ्चपुरी नगरपालिका ५ कै बावियाचौर डेरा लिएर बसेकी थिइन् । बिहान परीक्षा दिन जाने क्रममा अबेरसम्म कोठाको ढोका नखुलेपछि स्थानीयले कोठामा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनको शरिरमा घाउचोट पनि देखिएको छ । प्रहरीले उनको हत्या भएको आशंका गरेको छ । इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख शुसोभन श्रेष्ठले घटना शंकास्पद रहेको र अनुसन्धान गरिरहेको जानकारी दिए ।

रोकाय सुर्यप्रकाश मावि पलैटे सालकोटमा अध्ययरत थिइन् ।

प्रकाशित मिति : २०७४ चैत्र १३ गते मङ्गलवार