चैत १३, काठमाडौं ।
यो कहानी यी युवतीको हो, जसलाई इतिहासको सबैभन्दा खतरनाक निशानेबाजको उपाधि प्राप्त छ। र, जसले हिटलरको नाजी फौजलाई समेत हराइएकी थिइन्।
केवल २५ वर्षको उमेरमा ल्युडमिलाले ३०९ जनालाई आफ्नो शिकार बनाएकी थिइन्, जसमा धेरैजसो हिटलरका सैनिक थिए। यो त्यतिबेलाको कुरा हो, जतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो र, ल्युडमिला पवलिचेंको १९४२ मा वाशिंटन पुगिन्। यद्यपी विशेषज्ञहरुले सोभियत संघले ल्युडमिलालाई प्रोपोगाण्डाका रुपमा प्रयोग गरेको पनि बताएका छन्।
यहाँ सम्मकी उनलाई सोभियत हाई कमाण्डकातर्फबाट अमेरिका पठाइएको थियो। उनलाई अमेरिका पठाउनुको उद्देश्य वेस्टर्न युरोपियन फ्रण्टलाई अमेरिकी सहयोग प्राप्त गर्नु थियो। जोसफ स्टालिन चाहन्थे की मित्र देशका सेनाले युरोपमा आक्रमण गरुन्।
अमेरिका यात्रा
स्टालिन के चाहन्थे भने जर्मनीमाथि आफ्नो सेना बाँड्ने दबाव दिन सकियोस्। जसका कारण सोभियत सेनामाथि आइरहेको दबाव कम होस्। स्टालिनको यो इच्छा तीन वर्षसम्म पूरा भएन। यही मिशनलाई दिमागमा राखेर पवलिचोंकोले ह्वाइट हाउसमा कदम राखिन्। यस्तो गर्ने उनी पहिलो सोभियत नागरिक थिइन्।
जसलाई राष्ट्रपति फ्र्यांकलिन रुजवेस्टले स्वागत गरे। ल्युडमिलाले राष्ट्रपति रुजवेल्टकी श्रीमती एलेनोर रुजवेल्टसँग पूरै देशको भ्रमण गरिन्। त्यसक्रममा उनले अमेरिकी नागरिकसँग महिला भएर पनि युद्धमा सहभागी भएको आफ्नो अनुभव सुनाइन्।
१४ वर्षको कलिलो उमेरमा ल्युडमिला हतियारसँग खेल्न थालिन्। उनी आफ्नो परिवारसँग युक्रेनमा आफ्नो पैत्रिक गाउँमा पनि बसेकी छन्।
हेनरी साक्यडाको किताव ‘हीरोइन्स अफ द सोभियत युनियन’ का अनुसार ल्युडमिला एक हतियार उत्पान गर्ने फ्याक्ट्रीमा काम गर्थिन्।
२२ जुन १९४१ मा जर्मनीले जर्मन–सोभियतबीच आक्रमण नगर्ने सन्धि तोडेको थियो। र अपरेशन बारबरोसा सुरु गरेको थियो। सो अपरेशनमार्फत जर्मनीले सोभियत संघमा आक्रमण गर्यो।
ल्युडमिलाले आफ्नो देशको रक्षाकालागि कीवको विश्वविद्यालयमा चलिरहेको इतिहासको पढाइ छोडेर सेनामा भर्ती हुने फैसला गरिन्।
सेनाले सुरुमा उनलाई भर्ना गर्न अस्विकार गरेको थियो।
तर जब उनले आफ्नो निशाना लगाउने विषयमा आफ्नो क्षमता देखाइन् तब सेनाले उनलाई रेड आर्मीसँग अडिशनको मौका दियो।
‘स्नाइपरइन एक्शन’ नामको निशानाका विषयमा आफ्नो कितावमा चाल्र्स स्ट्रोंजले ल्युडमिलालाई उद्धृत गर्दै लेखेका छन्, ‘मैले कीवको एउटा स्कुलमा बेसिक मिलिट्री ट्रेडिङ लिएकी थिएँ, जहाँ मैले रिजनल टुर्नामेण्ट जितेकी थिएँ।’
अडिशनमा ल्युडमिलालाई एउटा राइफल दिइयो र दुई जना ती रोमन सैनिकमाथि निशाना लगाउन भनियो, जो जर्मनकालागि काम गरिरहेका थिए। ल्युडमिलाले निकै सजिलो गरी निशाना लगाइन्। यसले उनलाई २५ औं चपायेव फुसीलियर्स डिभिजनमा प्रवेश गर्ने मौका मिल्यो।
सेनामा रहँदा उनले ग्रीस र मोलदेवाको युद्धमा भाग लिइन्। ल्युडमिलाले चाँडै सेनामा आफ्नो राम्रो छवि बनाइन्।
युद्धभन्दा पहिला ७५ दिनमा नै उनले १८७ नाजी सैनिकलाई मारिसकेकी थिइन्। वर्तमान युक्रेनको दक्षिणमा अवस्थित ओडेसाको युद्धमा आफूलाई प्रमाणित गर्न गरेपछि उनले सेवास्टोपोलसँग युद्ध लड्न क्रिमिया पठाइयो। सेवास्टोपोल युद्धमा उनलाई धेरै घाउ चोट लाग्यो। तर, उनले त्यतिबेलासम्म युद्धको मैदान छोडिनन्, जतिबेला सम्म नाजी सेनालाई बमले उडाइनन्।
निकै उपलब्धीका कारण उनलाई लेपिटनेन्ट पदमा पदोन्नति गरियो। र, उनले अन्य सेनालाई निशाना लगाउने तालिम दिन थालिन्। केही दिनपछि उनलाई वाशिंटन पठाइयो। अमेरिकाको यात्राका क्रममा उनले भनेकी थिइन्, ‘जिउँदो बच्ने प्रत्येक जर्मन महिला, बच्चा र बुढालाई मार्दिछन्। त्यसकारण एक नाजीलाईलाई मारेर मैले कयौंको ज्यान बचाएकी छु।’
ल्युडमिलाले धेरैपटक पत्रकारका प्रश्नदेखि रिसाएकी पनि छन्। एक पटक कुनै पत्रकारले सोधे–के तपाइँ युद्धको मैदानमा मेकअप गरेर जानुहुन्छ? उनको जवाफ यस्तो थियो– यस्तो कुनै नियम छैन की युद्धमा मेकअप गरेर जान नपाइने। तर, त्यो बेला यस्तो सोच्ने समय कोसँग हुन्छ?
उनको स्कर्टको लम्बाइलाई लिएर पनि प्रश्न उठाइएको थियो। त्यसको जवाफमा उनले भनेकी थिइन्, ‘म आफ्नो युनिर्फमलाई निकै इज्जतसँग हेर्छु। यसमा मलाइ लेलिनको आदेश नजर आउँछ।’ १९४२ मा उनले टाइम म्यागेजीनले भनेका थियो, ‘यस्तो लाग्छ की अमेरिकनकालागि महिला युनिर्फम भित्र के सिल्कको अन्डरवयर लगाउँछन भन्ने महत्वपूर्ण हुन्छ। तर, उनीहरुले के बुझ्नुपर्छ भने युनिर्फमले के प्रतिनिधित्व गर्छ।’
सोभियत संघ फर्किँदै ल्युडमिला बेलायतपनि गइन्। त्यहाँ उनले बेलायतसँग वेस्टर्न फ्रण्टमा सहभागी हुन अपील पनि गरिन्। युद्ध र हीरो अफ द सोभियत युनियनको उच्च सम्मानले सम्मानित भएपछि उनले कीव विश्वविद्यालयबाट आफ्नो तालिम पूरा गरिन्। र, एक इतिहासकारका रुपमा आफ्नो करियर सुरु गरिन्।
१९४५ देखि १९५३ को बीचमा उनले सोभियन नौसेनाको मुख्यालयसँग काम सुरु गरिन्। र, पछि उनी सोभियत कमिटी अफ वार वेटेरन्सको सक्रिय सदस्य भइन्। उनी २००० बन्दुकधारीमध्ये एक थिइन् जो रेड आर्मीसँग दोस्रो विश्वयुद्धमा सहभागी भइन र ती ५०० मध्ये एक थिइन जो युद्धमा बाच्न सफल भइन्। तर, उनको घाउ ठिक भएन। १० अक्टुबर १९७४ मा ५८ वर्षको उमेरमा उनको निधन भयो।
