• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

चोर्न नपाएपछि आफ्नै नातीले गरे हजुरबाको हत्या


चैत १३, काभ्रे ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले आफ्नै हजुरबाको हत्या गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको खानिखोला गाउँपालिका-३ फलामेटारका ७५ वर्षीय जेष्ठ नागरिक टङ्कबहादुर थिङलाई हत्या गरेको आरोपमा प्रहरीले फुच्चे भनिने १९ वर्षीय अभिनाश थिङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अभिनाशले गत आइतबार बेलुका हजुरबुवाको हत्या गरेर फरार भएका थिए ।

अाइतबार राति हजुरबासँग भएको १२ हजार पैसा चोर्न लाग्दा प्रतिकार गरेपछि बन्चरोले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी एसपी सहकुल थापाले बताए ।

प्रकाशित मिति : २०७४ चैत्र १३ गते मङ्गलवार