• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

चित्त नबुझे एमाले-माओवादीको एकता भंग हुन्छः टोपबहादुर रायमाझी


चैत १३, बुटवल ।

बुटवल पुगेका पूर्वउपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले दुबै दलको चित्त नबुझे एमाले र माओवादीबचि हुने एकता भंग हुने बताएका छन् ।

रिर्पोटस् क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कारमामा बोल्दै रायमाझीले दुबै दलको चित्त बुझे मात्रै पार्टी एकता हुने बताएका हुन् । उनले दुबै दललाई चित्त बुझ्दो गरी पार्टी एकता हुने उल्लेख गर्दै एकअर्काको चित्त नबुझे पार्टी एकता नहुने बताए । उनले भने-‘ढिलो चाडो एकता हुन्छ, प्रधानमन्त्रीको भारत भ्रमण अघिपछि भन्ने सवाल नै छैन ।’

उनले चित्त नबुझेसम्म पार्टी एकता नहुने प्रष्ट पार्दै भने,’समान हैसियत वा औकात अनुसारको एकता हुने हो, रायमाझीले घडी, समय पला तोकेर पार्टी एकता हुने विषय हैन ।’

यसैबीच कार्यक्रममा उनले सम्पूर्ण वामपन्थी शक्तीहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउने बताएका छन् ।

प्रकाशित मिति : २०७४ चैत्र १३ गते मङ्गलवार