चैत १३, सल्यान ।
बास्तबमा गित संगीत हाम्रो जीवनको प्रत्यक्षको भोगाई हो। उकाली ओराली बनपाखा लेक बेसी घर अनि प्रदेश यी कुराहरुसित हाम्रो जीवन भोगाईको गहिरो सम्बन्ध हुने गर्दछ। हरेक मान्छेका हरेक जीवन भोगाईहरु हुने गर्दछन्।हरेक गित हरुमा हरेक किसिमका भोगाई कथा ब्यथाहरु समेटिएका हुन्छन्।
यहि परिवेश र परिधिभित्र समेटिएर चौरजहारी वर्डा नबर १२ खोलागाउँ रुकुमका नवसर्जक गोपाल परियारले प्रदेश बाट घरदेशलाई निकै सम्झेको गीत (म जन्मेको ठाउँ) बजारमा ल्याएका छन्। घर त मेरो रुकुम खोलागाउँ, कस्तो भाको होला बरै म जन्मेको म हुर्केको ठाँउ, जो आफू जन्मेको हुर्केको गाउँ घर समाजलाई छोडेर प्रदेश पस्नु अनि बाध्यताले धेरै समयसम्म घर आउन नपाउनु तर घर गाउँ समाज र परिवारको याद निकै आएको कथाबस्तु यो गितमा समेटिएको छ।
उक्त आफ्नो कथा बोकेको रचना गोपाल परियार आफैले गरेका छन् भने रुकुमकै नवगायक भरत परियारले एकल आवाज दिएका छन्। त्यस्तै गीतमा भद्र नकालको मार्मिक लय रहेको छ। पछिल्नो चरणमा एकपछि अर्को गीतमा निर्देशन गर्दै आएका मान्सिङ खड्काले भिडियो निर्देशन गरेका छन् । गीतलाई सागर गौतमले छाँयाङकन गरेका छन भने भिडियो सम्पादक रमित ओलिले गरेका छन्।
पछिल्नो चरणमा एक पछि एक गितमा अभिनय गर्दै आएका शरण पंगेनिको (म जन्मेको ठाउँ) गीतमा मुख्य अभिनय रहेको छ । अभिनयमा श्रीमती बनेर सगुनले साथ दिएकी छिन्। उक्त गीत हिम सम्झौता डिजिटलबाट रिलिज भएको हो
हेर्नुहोस् भिडियो