• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

रोल्पामा राजिनामाको माग गर्दै बैठक स्थलमै जनप्रतिनीधिको हातमा पत्र


चैत १३, रोल्पा ।
रोल्पामा जनप्रतिनीधिहरुको तत्काल राजिनामा माग गरिएको छ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले रुन्टीगढी गाउँपालिका सबै जनप्रतिनीधिहरुलाई तत्काल राजिनामा दिनको लागि पत्र पठाएको छ । जनताको पक्षमा काम गर्न नसकेको भन्दै नेकपाले राजिनामा माग गरेको हो ।

पत्रमा भनिएको छ-“जनप्रतिनीधिहरुले जनताको हित विपरीत विकास निमार्णको काममा आफ्नैै डोजर प्रयोग गर्ने, आफ्ना मान्छेहरुलाई निमार्ण उपभोक्ता समितिमा चयन गर्ने लगायतका विभिन्न प्रचलित करहरुमामा पनि आत्याधिक वृद्धी आएको छ ।” गाउँपालिकामा बैठक बस्दै गर्दा नेकपाका कार्यकर्ताले बैठक स्थलमै पुगेर राजीनामा पत्र जनप्रतिनिधिका हातमा पुर्याएका थिए ।

नेकपाले यस अघि रोल्पा नगरपालिकाका मेयर अर्थात वर्तमान सभामुख कृष्ण बहादुर महराका ज्वाइ पूर्ण केसीलाई पनि कार्यकक्षमै पुगि राजीनामा पत्र बुझाएको थियो ।
जनताको हितमा काम गर्न नसकेको भन्दै यतिखेर देशैभर नेकपाले जनप्रतिनीधिहरुको राजिनामा माग गर्दै चेतावनीपूर्ण पत्र लेखिरहेको छ ।

प्रकाशित मिति : २०७४ चैत्र १३ गते मङ्गलवार