• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

क्रान्तिकारीद्वारा शैक्षिक आन्दोलनको घोषणा, यी विद्यालय परे निशानामा ?


चैत १३, काठमाडौं ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) केन्द्रीय समितिले मंगलबार एक पत्रकार सम्मेलन गरी ९ दिने बुँदे संघर्षका कार्यक्रम गरेको छ ।
फागुन २७–३० सम्म दाङको घोराहीमा सम्पन्न २१औं राष्ट्रिय सम्मेलनबाट लिइएको निर्णयलाई सार्वजनिक गर्दै आन्दोलनका घोषणा पत्र गरेको हो ।

नवनिर्वाचित अध्यक्ष चिरञ्जीवि ढकालले अहिलेसम्मका हरेक राज्यसत्ताले जनतामो मौलिक हकको रुपमा रहेको शिक्षालाई केही शैक्षिक दलाल र माफियाको स्वार्थमा परेर निजीकरण गर्दै नागरिकलाई शिक्षा महंगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको भन्दै त्यसको सट्टा वैज्ञानिक शिक्षा प्रणाली देशमा लागू गराउन अखिल क्रान्तिकारीको नेतृत्वमा सम्झौताहीन शैक्षिक आन्दोलन शुरु गर्ने निर्णय भएको जानकारी दिए ।

शिक्षा, स्वास्थ्य नागरिकको मौलिक अधिकारको रुपमा वर्तमान सरकारले आफ्नो संविधान लेखिएपछि व्यवहारमा व्यापार गरेको बताउँदै त्यसविरुद्ध सशक्त आन्दोलन छेड्ने उनले बताए ।

पत्रकार सम्मेलनमा वितरित घोषणा पत्रअनुसार चैत १४ देखि २४ गतेसम्म देशव्यापी रुपमा सरोकारवालासँग छलफल र अन्तक्र्रिया संचालन गर्ने, चैत २५ गते शिक्षा मन्त्रालयदेखि तल्लो तहसम्मका शैक्षिक र सम्बन्धित निकाहरुमा मागपत्र बुझाउने र चैत २७ गतेबाट चरणवद्ध शैक्षिक आन्दोलन कार्यक्रमहरु संचालन गर्ने जनाइएको छ ।
सार्वजनिक कार्यक्रमअनुसार चर्को शुल्क लिने र वर्षेनि भर्ना गराउने विद्यालय निजी विद्यालयलाई बढी निशानमा राखिने जनाइएको छ ।

विदेशी बोर्डको हवाला दिई अनुमतिबिना संचालित कलेजविरुद्ध, विश्वविद्यालयका शिक्षामा विदेशी लगानी गर्न नदिने र विगतमा प्याब्सन, एनप्याब्सन, शिक्षा विभाग, मन्त्रालय, जिल्ला शिक्षा कार्यालयलगायतसँग भएका सम्झौता कडाईपूर्वक कार्यान्वयन गराउन संघर्ष केन्द्रित गरिने अध्यक्ष ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अखिल क्रान्तिकारी नेपाल कम्यूनिस्ट पार्टी निकट विद्यार्थी संगठन हो ।

प्रकाशित मिति : २०७४ चैत्र १३ गते मङ्गलवार