चैत १३, राेल्पा ।
सुकिदह गाउँपालिका अध्यक्ष बिर बहादुर खत्रीका दुई नागरिकता छन भनि उजुरी परेको २ महिना बढि भयो । जिल्ला प्रशासन कार्यालय रोल्पामा स्थानीय हरि बहादुर पुनले २ नागरिकता भएको दाबी गर्दै उजुरी दिएका हुन ।
उजुरी लगतै तत्कालिन प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले यथासिघ्र छानबिन गर्ने बाचाँ गरे पनि, छानबिनको एक फुट्टी काम नगरेर सरुवा भएको उजुरीबर्ता पुनले आरोप लागाए । माओबादी नेता बर्षमान पुनको दबाबका कारण छानबिन, प्रमुख जिल्ला अधिकारी भट्टराईले अघि नबढाएको प्रशासनका एक कार्माचारीले बताए ।
यतिबेला भट्टराई गृह मन्त्रालयमा सरुवा भएका छन । उनले आफ्नो ईच्छा अनुसार सरुवा भएको भनेपनि गाउँपालिका अध्यक्षका दुई नागरिकता काण्डले उनी रोल्पाबाट जानै पर्ने बाध्यता भएको श्रोतको भनाई छ । यता स्थानीय तथा कांग्रेस, एमालेले दुईबटा नागरिकताको छानबिनका लागि पटक पटक आग्रह गरिरहेका थिए, भने उता माओबादी नेता बर्षमान पुन, उच्च स्तरिय नेताहरुले छानबिन प्रकृया अघि नबढाउन दबाब दिईरहेका थिए ।
भट्टराई केहि महिना पहिले झण्डै २० दिन जति काठमाण्डौँमै बसेका थिए । उनीले माओबादी नेताहरुलाई आफु रोल्पा बस्न गाह्रो भएको बताउर्दै, यतै सरुवा गर्न आग्रह गरेको उनी निकट श्रोतको दाबी छ ।
हप्ता दिन पहिले कांग्रेस जिल्ला कार्यसमितिले तु छानबिन गरि कारबाही गर्न आग्रह गरेको कांग्रेस रोल्पाका सभापति अमर पुनले बताए । बिर बहादुरका दुई वटा नागरिकता छन, उनलाई तत्कालिन प्रमुख जिल्ला अधिकारीले बचाउने काम गरे तरपनि कानुनले उनीलाई कारबाही गर्ने छ उनले भने । माओबादी नेताहरुको दबाब कारण उनले छानबिन गर्न नसकेको पनि दाबी गरे ।
याे खबर जनआंस्था साप्ताहिकमा छापिएकाे छ, हामिले त्यहीबाट साभार गरेका हाैँ ।
यस अघिकाे याे समाचार पनि पढ्नुहाेस्
सुकिदह गाउँपालिका प्रमुखसँग दुई वटा नागरिकता भएको भन्दै उजुरी
माघ १७, रोल्पा ।
रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्ष बिरबहादुर खत्रीले २ वटा नागरिकता लिएको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
स्थानीय हरिबहादुर पुनले गाउँपालिका अध्यक्ष खत्रीले २ वटा फरक फरक नाममा नागरिकता लिएको दाबी गर्दै छानविनका लागि प्रशासनमा उजुरी दर्ता गराएका हुन् । अध्यक्ष खत्री विरुद्ध उजुरी परेकोले अब छानविन सुरु हुने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए ।
आफू आएदेखि जिल्लामा यस्तो प्रकारको उजुरी पहिलो पटक परेको समेत प्रजिअ भट्टराईले बताए । यसबारे छानविन थप फैसला अदालतले गर्ने जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।
अध्यक्ष खत्री विरुद्ध परेको उजुरीमा पठु खत्रीका पाँच भाई छोराहरु भिउदे, धनीराम, बिर बहादुर, मोतिराम र डण्डपानी मध्ये बिर बहादुर (साईला) रहेको र उनको २०४० सालमा मृत्यु भएपछि भिउदे हालका बिर बहादुरले तत्कालिन पाखापानी गाउँ पञ्चायतमा नागरिकता बनाउन खटिएका टोलीलाई झुक्याएर मृत्यु भएका भाईको नामबाट नागरिकता लिएको उल्लेख गरिएको छ ।
अध्यक्ष खत्रीले भिउदे नामबाट २०४२ मंसिर १० गते ३८९२ नम्बरको नागरिकता र मृत्यु भएका भाई बिर बहादुरको नामबाट २०४६ बैशाख १५ गते १८६ नम्बरको नागरिकता लिएको पुनद्धारा पेश गरिएको उजुरीमा उल्लेख गरिएको छ ।
अध्यक्ष खत्री नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।