• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

बलात्कारीलाई मृत्युदण्डकाे सजाय दिनुपर्ने सांसदहरूकाे माग


चैत १३, हेटौँडा ।

प्रदेश नं ३ को प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका छन् । सभामुख सानुकुमार श्रेष्ठलेकाे अध्यक्षतामा बसेकाे आजको बैठकमा साे माग गरेका साँसदले विशेष समयमा बाेल्दै भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरेका थिए ।

नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरे । उनले बालिका बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ भन्दै जाेडदार अावाज उठाए ।

नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गरे । राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण भएकाे बताए ।

चैत १३ गते, २०७४ – १८:०४ मा प्रकाशित

प्रकाशित मिति : २०७४ चैत्र १३ गते मङ्गलवार