• २०७७ कार्तिक ७ गते शुक्रवार
  • Preeti To Unicode

प्रहरीबाटै किशोरी बलात्कृत, घटना यसरी सार्वजनिक भयो ?


चैत १४, काठमाण्डौँ ।

विपन्न परिवारकी १४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत भएकी छन् ।

आजको अन्नपुर्ण पोष्टमा खबर छ- अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ ।

फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज असई बलबहादुर ठटालले किशोरीलाई बलात्कार गरेर गर्भपतन बनाएको आरोप लागेको छ ।

किशोरीले बान्ता गर्न थालेपछि साथीलाई सोध्न लगाउँदा प्रहरी हाकिमले बलात्कार गर्दा गर्भवती भएको भनेपछि स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

छोरीका बारेमा बुझ्न खोज्दा ठटालले कहिले विभिन्न प्रलोभन देखाउँदै त कहिले धम्क्याउँदै आएको पीडितका बुवाले बताए ।

ठटालले गर्भपतन गराउन किशोरी र उनका बुवालाई फिदिम ल्याएको खुलेको छ ।

उनले किशोरीलाई मंगलबार जिल्ला अस्पाल पुर्याएका थिए ।

म पुगेपछि अस्पतालमा हल्लाखल्ला भयो अनि घटनाले ब्यापक रुप लिएको हो, पीडितका बुवाले भने ।

प्रकाशित मिति : २०७४ चैत्र १४ गते बुधवार