• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

दाङमा चरा मार्नेलाई जेल


शिवु खनाल
चैत १४, दाङ ।

पिताम्वर थापालाई बाघ, हात्ति, गैडा लगायत ठुला जनावर मारे कानुन लाग्छ भन्ने थाहा थियो तर, ढुक्कुर, चखेवा, परेवा जस्ता साना चरा चुरुङ्गी मार्दा पनि कानुन लाग्नछ भन्ने बल्ल थाहा पाए ।

त्यतीमात्रै होईन यस्ता जनावर तथा चरा चुरिङ्गीलाई एक ठाउँ वाट ओसारेर अर्काे ठाउँमा पुर्याउदा पनि कानुनी कारवाही हुन्छ भन्ने भर्खरै जानकारी पाएको बताए ।

‘चरा मार्दा पनि केस लाग्छ भन्ने यस अघि थाहा थिएन’ , उनले भने ,‘कानुन कडा रहेछ, अव जंगली जनावरको मासु खाने सम्म कल्पना गर्न सकिदैन्, प्रहरी र वन कार्यालयले पकडे भने जीवन नास हुने रहेछ ,’ कानुनमा सुराक लगाएर पक्राउ गर्नेलाई समेत पुरस्कारको व्यवस्था छ ।

लुकीछिपी गरिने वन्यजन्तुको तस्करी रोक्न सरकारले कडा कानुन वनाएको छ । यही कानुनको वारेमा जानकारी तल्लो तह सम्म पुर्याउन थालीएको हो । जसले गर्दा सर्वसाधारण नागरिक सहित यातायताकर्मी, होटल ब्यवसायीहरुलाई सचेत भएका छन् ।

वन्यजन्तुको अवैध कारोवारमा संलग्नहुनेहरुलई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारवाही हुने बाँके राष्ट्रिय निकुञ्चका प्रमोदकुमार यादवले जानकारी दिए ।‘संरक्षीत पशुपंक्षीलाई मारेमा, घाईते वनाएमा, ओसार पसार गरेमा त्यसमा संलग्नहरुलाई कडा भन्दा कडा कारवाहीको व्यवस्था छ’, उनले भने, ‘यस्तो कार्यमा संलग्नहरु कानुनवाट उम्कन पाउदैनन् ।’
गैडा, बाघ, हात्ती, कस्तुरी, मृग, ध्वांसे, चितुवा, हिउँ चितुवा, वा गौरी गाईलाई मार्ने, घाईते वनाउने तथा बिक्रीवितरण गर्नेलाई पाँच लाख देखि १० लाख रुपैयाँ सम्म जरिवाना वा पाँच बर्ष देखि पन्ध्र वर्ष कैद वा दुवै सजाय हुने कानुमा उल्लेख छ । यस्तै अन्य संरक्षित वन्यजन्तु मार्ने वा घाइते वनाउनेलाई पनि कडा कारवाहि हुन्छ ।

देउखुरीको राप्तीपारीका सामुदायीक वनमा चोरी शिकारी नियन्त्रण गर्न दस्तानै खटीएको छ । वन तथा वातावरण संरक्षण समन्वय समितिको अगुवाईमा १६ वटा सामुदायीक वनमा चोरी शिकारी नियन्त्रण दल गठन गरिएको छ ।

विशेषगरी चन्दनपुर र सालझुण्डी सामुदायीक वनमा जिपिएस र क्यामरा सहितका ११÷११ जना सदस्यीय तालीम प्राप्त टोली खटीएको समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तले बताए ।

‘यो टोलीले स्थलगत अवलोकन गर्ने र सम्वन्धित निकायमा खवर पु¥याउने काम गर्छन्’ उनले भने ,‘वन क्षेत्र वढ्दा जंगली जनावरको संख्या वढ्न थालेको छ, वन्यजन्तुको संख्या वढे संगै चोरी शिकारी वढेकाले यस्तो अभियान थालेका हौं ।’

तराई भू–परिधि हरियो वन कार्यक्रम अन्र्तगत वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाले आयोजना गरेको वन्यजन्तुको अवैध व्यापारको संवेदनशिलताको विषयमा यातायात ब्यवसायी संग छलफल पनि गरिएको छ ।

समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तको अध्यक्षतामा भएको कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमोदकुमार यादव, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत खिमबहादुर केसीले कानुनी कुराको वारेमा जानकारी दिएका थिए । यस अघि होटल ब्यवसायीहरु संग छलफल गरिएको थियो ।

प्रकाशित मिति : २०७४ चैत्र १४ गते बुधवार