• २०७७ कार्तिक ४ गते मङ्गलवार
  • Preeti To Unicode

मेयर रेनु दाहालकै रोहवरमा पत्रकारहरुमाथि दुव्र्यवहार, काण्ड यस्तो छ (भिडियोसहित)


चैत १३, चितवन ।

भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहकै रोहवरमा प्रशासकिय अधिकृत प्रेमराज जोशी र वडा नं. १० का वडाअध्यक्ष अरुणपीडित भण्डारीले चितवनका पत्रकारहरुलाई दुव्र्यवहार गरेका छन् ।

समाचार संकलन लागि महानगरपालिकामा गएका पत्रकारहरु माथि दुव्र्यवहार भएको हो । महानगरपालिकाले बढाएको करको विषयमा उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेको पत्रकारको टोलीलाई महानगरमा दुव्र्यवहार भएको पिडित पत्रकारहरुले बताएका छन् ।

समाचार संकलनका लागि पुगेका पत्रकार कान्तिपुर दैनिकका संवाददाता रमेश कुमार पौडेलका अनुसार महानगरका कार्यकारी अधिकृत प्रेमराज जोशी र भरतपुर महानगरपालिका वडा नं.१० का वडा अध्यक्ष अरुणपीडित भण्डारीले कसैलाई नसोधी किन आएको भन्दै पत्रकार माथि दुव्र्यवहार गरेका थिए । भरतपुर १० का वडा अध्यक्ष भण्डारीले पीत पत्रकारिताको आरोप लगाउँदै पत्रकारलाई कसले बोलायो ? भन्दै गालीगलौजमै उत्रिएका थिए । उनको व्यवहार हुकुमी शैलीको थियो । वडा अध्यक्ष भण्डारीले पछिल्लो समय आफ्नो पदको ख्याल नगरि अहमता प्रदर्शन गर्ने गरेका छन् ।

पछिल्लो समय भरतपुर महानगरपालिकाले बढाएको करका विषयमा व्यवसायी र आमसर्वसाधरणहरुले बिरोध गर्दै आएका छन् । यसअघि पनि भरतपुर महानगरपालिकामा समाचार संकलनका लागि जाने पत्रकारहरुलाई किन आएको, कसलाई सोधेर आएको भन्ने प्रश्न सोध्ने गरिएको थियो । भरतपुर महानगरपालिकाको विषयमा मेयर रेनु दाहालले खुलेर संचारकर्मीलाई प्रतिक्रिया नदिने र अरुको आदेश मात्र बोल्ने गरेको चितवनका संचारकर्मीहरुले बताउँदै आएका छन् ।

भरतपुर महानगरपालिका निर्वाचित जनप्रतिनिधि आएपछि झनै अस्तव्यस्त बनेको छ । पछिल्लो समय भरतपुर महानगरपालिकालाई गिरोहले नै संचालन गरिरहेको जनगुनासो बढेको छ । महानगरपालिका भएपछि आम भरतपुरबासीले परिवर्तनको महसुस गर्न पाएका छैनन् भने सेवा प्रवाहमा झनै असहजता सिर्जना भएको छ ।

दुव्र्यवहारको विरोध
महानगरले गरेको दुव्र्यवहारको नेपाल पत्रकार महासंघ चितवनले विरोध गरेको छ । मंगलबार साँझ अध्यक्ष राधेश्याम खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक चासोको विषयमा सार्वजनिक कार्यालयमा सूचना लिन पुग्दा पत्रकारमाथि यस्तो दुव्र्यवहार हुनु र समाचार संकलनमा रोक लगाइनु प्रेस स्वतन्त्रताकोे उल्लंघन हो । त्यसैले यो विषयमा महानगरले दोषीमाथि छानविन गरी आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने हाम्रो माग छ ।”

त्यस्तै नेपाल प्रेस युनियनले पनि पत्रकारलाई महानगरले गरेको दुव्र्यवहारप्रति आपत्ति जनाएको छ । “आम जनाताको सूचनाको संवाहकको रुपमा रहेका पत्रकारलाई अपशब्द प्रयोग गर्दै अपमानजनक व्यवहार गरी लोकतान्त्रिक व्यवस्थाको खिल्ली उडाएको युनियनले ठहर गरेको छ”, युनियनका सचिव अनिल ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रत्यक्षदर्शी महानगरका मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह मूकदर्शक बन्नु दुःखद कुरा हो ।”

प्रकाशित मिति : २०७४ चैत्र १४ गते बुधवार