प्रेम सुनार
चैत १४, गुल्मी ।
गुल्मीबाट एउटा दर्दानक घटना बाहिर आएको छ । आफ्नै सहोदर दाईले बहिनीलाई बलात्कार गरेको आरोपसहितको घटना सतहमा आएको छ ।
बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीमा आफ्नै दाजुबाट वलात्कृत भएको भन्दै एक किशोरीले मुद्धा दायर गरेकी छन् । घटना चैत्र १२ गते दिउँसो ३ वजेर १५ मिनेटको हो ।
गुल्मीकै धुर्कोट गाउँपालिका–५ स्थित घरमै बसेकी १६ बर्षीय बहिनीमाथि अत्याचार भएको बताइएको छ । दाजुको उमेर २८ बर्ष छ । बहिनीको गोपनियताका कारण हामीले उनको नाम यहाँ राखेका छैनौँ ।
पीडितले चैत्र १२ गते अगाडि पनि गलत मनसाय राख्ने गरेको बताएकी छिन् । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जै अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए ।
पत्रकार जिल्ला प्रहरी कार्यालय पुग्दा पीडित किशोरी कारुणीक अवस्थामा थिईन । तम्घासको एक वोर्डिङ्गको कक्षा ९ मा पढ्ने उनी केहि दिन अघि विरामी परेर घरमा गएकी थिईन् ।
किशोरीले पीडा सुनाइन्, ‘कल्पना भन्दा वाहिरको कुरा गर्यो मेरो माईलो दाजुले ।’ जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले यस घटनाको उच्चारण गर्न पनि मन नलागेको बताए ।
जिल्ला अस्पतालका डा.सुरेन्द रायमाझी किशोरी दुई पटक बेहोस भएको र उनको शरिरमा दातले टोकोको चोट देखिएको बताए । बलात्कार भए नभएको थप जाँचका लागि काठमाडौं पठाएको उनले बताए । अस्पतालमा उनको प्रारम्भिक जाँच गरिएको थियो ।
उनले आफ्नो लामो प्रहरी सेवा अवधीमा यो यस्तो लज्जित घटना पहिलो भएको बताउँछन् ।