• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

मुल्य भन्दा पहिले, मन पर्दो रहेछ… ज्वानौ !


ज्वानौsss ज्वानौsss…

जब चिज सुन्दर र आर्कषक हुन्छ, मुल्य पनि महंगो नै पर्दछ । प्रकृतिको नियम न होला, मेरा नयन बडो मुल्यावान बस्तुमै परे । खै कति मुल्य पर्छ, थाहा पनि थिएन । मुल्य भन्दा पहिले मन पर्दो रहेछ ।

बस्तुको सुन्दरताले नै मुल्य निर्धारण गर्ने कुरा पक्का रहेछ । यदि आर्कषक चिज भन्दा पहिले मुल्य थाहा हुन्थ्यो भने मन डराउथ्यो होला, मुुटु थर्कन्थ्यो होला, दोषी नगर कतै पर्थ्यो होला ।

नजरले जीवनमा भुल्नै नसक्ने दोष दिदो रहेछ । कति पिडा थाहा छैन । कति समय त्यो पनि थाहा छैन । किनकी अझै बस्तु भाउ महगीदै छ । मुल्य बढ्दै छ । पलपलमा माग पनि बढेकै होला । बस्तु अनि मेरा नयन बिच अन्तरद्धण्द्ध चलिरहेको छ । कुन दिन बिलमा पनि मुल्यको शब्द आउछ पर्खेर बसेको छु ।

जब नजरको प्रहार खाल्डोमै पर्दछ, अँह मुस्कील पर्दो रहेछ बाहिरी संसारमा निकाल्न । यी दोषी नजर र त्यो सुन्दर चिज बिच पत्तै भएन : गहिरो प्रेमको सम्बन्ध बढ्ला भनेर ।

तिमि अर्थात सुन्दर बस्तुलाई निजि बनाउने हैसियत पनि देखिदैन । आर्थिक रुपले कमजोरमा पर्दछु । समयको बेग रफ्तारमा चलेकै छ । तिमि र नयन बिचमा पनि जोड घटाउको बार्गेनिङ पनि चलिरहेकै छ ।

मध्य बिन्दुमा पुगे । भो चाहिँदैन मेरो स्तर भन्दा मुल्य बढि देख्छु । फेरि सोच्छु दुनियाँमा मानबको अर्थपुर्ण जीवन मानेकै, उसले चाहेको कुरा पुरा गर्नुनै मानिन्छ तरपनि म किन सुन्दर चिज अर्थात मनपरेको तिमिलाई किन त्याग्ने ।

अलमलको जिन्दगीमा सुन्दरताको समेत दिन प्रति दिन भाउ बढ्कै देख्छु । मेरा यी पागल नगर पनि जति टाढा पुगेपनि उतै तिर मोडिन्छन् । तरपनि सुन्दरताले म जस्तो तल्लो आर्थिक अबस्था भएको होईन, पुजीपतिनै रोज्ने पक्का देख्छु : मेरो अुनमान ।

जीवन चलेकै छ । तिमि महगो बजारमै छेउ । अरु हेर्न बाँकी …

लेखक रोल्पाली पत्रकार जिबन डाँगी (ज्वानौ अर्थात बगालौ भन्ने शब्द रोल्पामा प्रचलित शब्द हो )

प्रकाशित मिती २०७४ चैत १४ गते

प्रकाशित मिति : २०७४ चैत्र १४ गते बुधवार