• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानका सहकारीको अभिलेख स्थानिय तहलाई हस्तान्तरण


सरिता चलाउने
चैत्र १४, सल्यान ।
सल्यान जिल्लामा भएका सहकारी सस्थाहरुको अभिलेख स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमका विच जिल्लामा भएका सहकारी सस्थाहरुका अभिलेख सल्यानका १० वटै स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।

१० वटा स्थानीय तहका प्रमुख प्रसासकिय अधिकृतहरुको हातमा सस्थाको फाईल हस्तान्तरण गरिएको सहकारी डिभिजन कार्यलयका शाखा अधिकृत हरी पौडेलले जानकारी दिए । अहिले स्थानीय तह बनीसकेपछि सबै अधिकार सथानीय तह बाट नै हुने भएकाले जिल्लामा सञ्चालन भएका बिभिन्न सहकारी सस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिए । स्थानीय तहमा सहकारी सस्थाहरु हस्तान्तरण भैसकेपछि अब सबै अडिट र अभिलेख स्थानीय तहले नै गर्ने पौडेलले बताए ।

जिल्लामा अहिले १ सय ८० को हाराहारीमा रहेका सहकारी सस्थाहरु मध्य १ सय ५५ वटा स्थानीय तहलाई हस्थान्तरण गरिएको र बाँकि २५ वटा प्रदेशमा हस्ताणन्तरण गरिने जिल्ला सहकारी सस्थाका अध्यक्ष केशब सिहं श्रेष्ठले बताए ।

उनका अनुसार एक भन्दा बढि स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारी सस्था प्रदेशलाई हस्तान्तरण गरिने छ । चैत मसान्त भित्र नै बाकी रहेका २५ वटा सहकारी सस्था प्रदेश लाई हस्तान्तरण गर्ने तयारी भैरहेको श्रेष्ठले बताए ।

यसैबिच स्थानीय तहका जनप्रतिनिधिहरु र अधिकृतहरुको लागी सहकारी सम्बन्धी अभिमुखिकरण तथा गोष्ठि सदरमुकाम खलंगामा सञ्चालन गरिएको छ । डिविजन सहकारी कार्यालय दाङको आयोजनामा जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधिहरु प्रशासकिय अधिकृतहरुको लागि सहकारी सम्बन्धी अभिमुखिकरण गोष्ठी सञ्चालन गरिएको हो ।

अभिमुखिकरण कार्यक्रममा सहकारी सम्बन्धी छलफल, दर्ता, निर्माण, स्थानीय तहले गर्ने भुमिकाको बारेमा छलफल गरिने डिभिजन सहकारी कार्यलय दाङका अधिकृत बिनोद कुमार पौडेलले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका बागचौर नगरपालीकाका नगरप्रमुख लोकमान बुढाथोकीले नयाँ अनुभव भएकाले भनेजति काम गर्न सजिलो नभएको बताएका छन । काम सिक्नको लागी अभिमुखिकरण कार्यक्रम तथा गोष्ठीको आवश्यक परेकाले आउदा दिनहरुमा सहयोगको आशा गरेको बताए । उनले काम गर्ने चुनौति भएकाले निति निर्माण गरेर प्रभाबकारी ढङगले काम गर्ने बताए ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डन्ले न्युन स्तरका ब्यक्रिहरुका लागी सहकारी सजिलो भएको बताए । उनले केही सहकारी सस्थाहरु नाफामुलक मात्र भएर काम गर्न गाह्रो भएकाले स्थानीय तहले बिशेष जोड दिएर अलि जागरुप भएर काम गर्नुपर्ने बताए ।

जिल्ला समन्वय अधिकारी खिम बहादुर रायमाझीले सहकारी सस्था हिजोको जस्तो नभएर स्थानीय तहमा गैसकेकाले सहकार्य गरेर काम गर्ने बताए । सहकारी बचत तथा ऋण सहकारी सस्थाका धिरेन्द्र शाक्यले स्थानीय तहमा सहकारी सस्था हस्तान्तरण भैसकेपछि अबसर र चुनौति दुबै भएकाले प्रभाबकारी ढङगले काम गर्ने बताए ।

जनताको आर्थिक सहकारीको माध्यामबाट माथि उकास्न सक्ने भएकाले स्थानीय तहले चुनौतिका बिच पनि बिकास र समृद्धीका लागी अगाडी बढाउनु पर्ने उनले बताए ।

प्रकाशित मिति : २०७४ चैत्र १४ गते बुधवार