• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

विहे गरेको ४ वर्षसम्म श्रीमानले ‘टच’पनि नगरेपछि आत्महत्या, सुसाइड नोटमा यस्तो लेखिन्


चैत १४, काठमाडौं ।

विवाहको ४ वर्षसम्म आफ्ना श्रीमान्ले आफूलाई छुनसम्म पनि नखोजेपछि ३२ वर्षकी एक विवाहित महिलाले आत्महत्या गरेकी छिन् ।

ती महिलाले मर्नुअघि लेखेको सुसाइड नोटमा श्रीमान्सहित त्यो परिवारका कसैले पनि आफ्नो शवलाई नछुनु भनी लेखेकी छिन् । भारतको राजधानी दिल्लीमा भएको यो घटनापछि यहाँ हुने गरेको घरेलु हिंसाको निकै विभत्स रुप बाहिरिएको हो ।

उत्तरी दिल्लीकी निधि बंसल नामकी ती महिला आफ्ना श्रीमान अतुल बंसलसँग बस्थिन् । उनीहरुको बिबाह २०१३ डिसेम्बर ४ का दिन भएको थियो ।

विवाहलगत्तै यी दुईबीच झगडा भएको बताइएको छ । अतुलले यो चार वर्षको अवधिमा कहिल्यै श्रीमती निधिसँग एउटै कोठामा सँगै नबसेको पारिवारिक स्रोतले जनाएको छ । यही कारण पनि उनीहरुसँग झगडा भइरहन्थ्यो ।

शुक्रबार साँझ साढे ७ बजेतिर निधि कोठामै पंखामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । प्रहरीले घटनास्थलबाट निधिको सुसाइट नोट बरामद गरेको छ ।

नोटमा निधिले आफ्ना श्रीमान्सहित परिवारले आफूलाई सधैं सताउने गरेको उल्लेख गरेकी छिन् । उनले सुसाइड नोटमा आफूलाई जिउँदै हुँदा त कसैले छोएन भने मरेपछि पनि मेरो शव नछुनू भनेर लेखेकी छिन् । प्रहरीले शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र १४ गते बुधवार