कृष्ण बिष्ट
चैत १४, बैतडी ।
बैतडीको डिलासैनी गाउँपालिका ३ मौलाबगरमा पर्ने चौलानी नदीमा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ ।
डिलासैनी गाउँपालिका ६ बागगोठका १८ बर्षीय राजेन्द्र कठायतको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सेटीगाउँमाध्यमिक बिद्यालयमा कक्षा १० पढ्ने कठायत दुर्गा मावि सिमार केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिईरहेका थिए ।
विज्ञान बिषयको परीक्षा दिइसकेपछि नुहाउन गएका कठायतको दिउँसो साढे एक बजे डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कान्तिराज जोसीले जानकारी दिएो ।