• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

रुसको आगलागीमा मारिनेमा ४१ जना बालबालिका


चैत १४, मस्को।

रसियाको दक्षिणपश्चिमी प्रान्त साइबेरियाको केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ (किनमेल केन्द्र) मा केही दिनअघि भएको आगलागीमा परी ज्यान जानेमा ४१ जना बालबालिका परेका छन् ।

रुसको रिया नोभोस्ति समाचार समितिले बुधबार सो जानकारी दिएको छ । गत आइतबार भएको यस आगलागीमा परी ६४ जनाको ज्यान गएको थियो ।

रुसका स्वास्थ्यमन्त्रीले भेरोनिका स्कभोर्तसोभाले सो कुराको पुष्टि गर्नुभएको छ ।

यसअघि प्राप्त समाचारअनुसार आगलागीमा परी मारिएकामा १३ जना बालबालिका थिए । त्यस्तै त्यसमा परी मारिएकामा २५ व्यक्तिको मात्र परिचय खुलेको मन्त्री स्कभोर्तसोभाले बताउनुभएको थिायो ।

सो मलमा रहेको चलचित्र प्रदर्शनी हलमा चलचित्र हेर्न आएका बालबालिका सो आगलागीमा परेका प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

केही बालबालिका अझै पनि हराइरहेकाले मृतक बालबालिकाको संख्या बढ्नसक्ने पनि प्रहरीको अनुमान रहेको छ ।

यो पनि दुखत खबरः शपिङ सेन्टरमा आगलागी हुँदा ३७ को मृत्यु, ६७ भन्दा बढी बेपत्ता

प्रकाशित मिति : २०७४ चैत्र १४ गते बुधवार