चैत १४, काठमाडौं ।
म २७ वर्षीय अविवाहित युवा हुँ । ममा १५ वर्षको हुँदादेखि नै हस्तमैथुनको लत बसेको छ । पहिले–पहिले एक दिनमै कैयौं पटक हस्तमैथुन गर्थे । अझै पनि हप्तामा तीन–चार पटक हस्तमैथुन गर्छु । प्राय: राति सुत्नुअघि अश्लील चलचित्रको दृश्य वा कुनै युवतीलाई सम्झेर हस्तमैथुन नगरी सुत्न सक्दिन । नेटमा बस्दा काममा भन्दा अश्लील चलचित्र हेर्न बढी उत्साहित हुन्छु । जोसुकै महिलासँग स्पर्श हुँदा लि· आफैं उत्तेजित भएर आउँछ । महिलाको पेन्टी, स्कर्ट, साडी आदि फेला पर्यो भने स्पर्शसहित हस्तमैथुन गर्छु । मैले अहिलेसम्म दुई–तीन पटक मात्र यौनसम्पर्क गरेको छु, जसमा चाँडै स्खलित भएको महसुस भएको छ । अहिले म यसले मेरो भावी यौनजीवनमा नकारात्मक असर पार्ला कि भनेर चिन्तित छु ।
-७८१९
यौन उत्तेजना, हस्तमैथुन अनि यौन परिकल्पना
तपाईं हस्तमैथुन एउटा स्वाभाविक प्रक्रिया हो भनेर जानकार नै हुनुहुन्छ होला । विशेष गरेर यो यौन तनावबाट मुक्ति पाउने उत्तम उपाय हो । हस्तमैथुन गर्दा आफूलाई उत्तेजित गर्न यौन संवेदनशील अङ्ग जस्तै– लिङ्गको स्पर्श वा मर्दन गरिन्छ भने अर्कातिर यौन परिकल्पनाको सहयोग लिइन्छ ।
हामीलाई थाहै छ, हाम्रा इन्द्रियहरूबाट सन्देश प्राप्त गरेर मस्तिष्कले त्यसलाई अथ्र्याएपछि यौन उत्तेजना हुन्छ । इन्द्रियबाट प्राप्त गरिने सन्देश यौन उत्तेजक भए यौन उत्तेजना बढ्छ । यसमा स्पर्श, दृष्टि, श्रव्य, स्वाद अनि श्रवण सबै पर्छन् । स्पर्श यौन उत्तेजना उत्पन्न गराउने एउटा महत्वपूर्णसन्देश हो ।
किशोरावस्थामा स्वत: वा अति नै थोरै सन्देशले पनि लिङ्ग उत्तेजित हुने क्रम उमेर बढ्दै गएपछि कम हुँदै जान्छ, तर तपाईंको स्थितिमा अझै पनि थोरै तथा सामान्य स्पर्शले यस्तो भएको पाइएकाले तपाईंले यौन भावनाको व्यवस्थापन गर्न थप प्रयास गर्नुपर्ने देखिन्छ ।
दृश्यको कुरा गर्दा महिलाको शरीर पुरुषलाई यौन आकर्षक लाग्न सक्छ, जसले गर्दा यौनसम्पर्क गर्न मन लाग्ने हुन्छ, तर मस्तिष्कले यौनसम्बन्धी कुरा सोच्दा मात्र पनि यौन उत्तेजना बढ्छ । यो एक किसिमले यौन परिकल्पना हो । यस्ता कल्पना व्यक्तिका आफ्ना पुराना अनुभवमा आधारित वा नितान्त कल्पनामा आधारित भएको पाइन्छ । प्राय:जसो स्थितिमा ती दुवै थरीको मिश्रण हुन्छ । हस्तमैथुन गर्ने प्रक्रियामा यौन परिकल्पनाको निकै प्रयोग हुन्छ । अल्फ्रेड किन्सेका अनुसार लगभग सबै पुरुष तथा करिब ६४ प्रतिशत महिलाले हस्तमैथुन गर्दा यौन परिकल्पना गर्ने कुरा उल्लेख गरेका छन् ।
मानव यौनजीवनमा प्रशस्तै यौन परिकल्पना हुन्छ । यस्ता यौन परिकल्पनामा समाजमा स्वीकार्य कुरादेखि एकदमै अमान्य कुरासम्म पर्छन् । यसमा व्यक्तिअनुसार अति नै विविधता फेला पर्छ । यौन परिकल्पनाबाट व्यक्तिले प्रशस्तै आनन्द उठाए पनि यसको प्रकृति यदि फरक किसिमको भए असहज स्थिति उत्पन्न भएको पाइन्छ । कसैले फरक किसिमको यौन परिकल्पनालाई सहज रूपमा लिन सक्छन् भने कतिपय त्यसमै चिन्ता लिँदै ग्लानि भावले ग्रस्त हुन पुग्छन््, जसको नकारात्मक असर नै पर्न सक्छ, यौनजीवनमा । तपार्इंले यौन परिकल्पना गरेर आनन्द उठाए पनि केही असहजपन उत्पन्न भए जस्तो लाग्छ, तर यसलाई सही तरिकाले प्रयोग गर्न सकिए यौन परिकल्पनाले यौनलाई मानसिक तथा शारीरिक दुवै पक्षमा फाइदा पुर्याउन सक्छ ।
मानिस स्वभावले नै कल्पनाशील हुन्छ र उ काल्पनिक दुनियाँमा विचरण गर्न चाहन्छ, तर अर्को यथार्थ के पनि हो भने यौनसम्बन्धी संकुचित मूल्य–मान्यताका कारण अन्य कतिपय कुराको जस्तो नयाँ कुरालाई चाहेअनुरूप उपयोग गर्न भने सक्दैन । यस्ता वास्तविक जीवनमा प्रयोग गर्न नसकिने कुरालाई पनि यस्ता कल्पनाले सहयोग नै प्रदान गर्छन् । यसले एउटा सुरक्षित वातावरण प्रदान गर्छ । यसो गर्दा जति नै अमान्यजस्तो कुराको कल्पना गरे पनि कसैलाई हानि पुग्दैन । समाजमा अमान्य मानिएका सम्बन्ध, परिस्थिति वा यहाँसम्म कि गैरकानुनी मानिएका कुरामा समेत यौनसम्पर्क राखिएका वा यौन क्रियाकलापमा संलग्न भएको कल्पना गर्न सकिन्छ, कुनै व्यक्तिलाई नकारात्मक प्रभाव नपारिकनै ।
महिलाको भित्री
पहिरनबाट यौन उत्तेजना
मानवका विविध क्रियाकलापमध्ये यौन क्रियाकलाप अति नै गोप्य क्रियाकलाप हो, तर गहिरिएर हेर्ने हो भने हाम्रा धेरैजसो क्रियाकलाप यौनबाटै निर्देशित भएको पाइन्छ । यही सन्दर्भमा प्रत्येकजसो समाजले आफ्नै किसिमको मूल्य–मान्यता बनाएको हुन्छ र त्यसको परिधिभित्रका क्रियाकलापलाई सामान्य अनि सभ्य मानिन्छ, तर समाजका नियम वा मान्यताभन्दा फरक किसिमको व्यवहार गर्ने व्यक्तिहरू पनि समाजमा पाइन्छन् । यो कुरा यौनको सन्दर्भमा लागू नहुने कुरै भएन । यस्ता व्यवहारलाई प्याराफिलिया (paraphilia) भनिन्छ । सजिलो भाषामा भन्ने हो भने सामान्य व्यक्तिलाई यौन उत्तेजना प्रदान नगर्ने वस्तु वा व्यवहारबाट यौन उत्तेजना प्राप्त गर्नु नै प्याराफिलिया हो ।
यौन उत्तेजना प्राप्तिका लागि यौनसँग प्रत्यक्ष सम्बन्ध नभएको वस्तु वा शरीरको अङ्गको प्रयोगलाई Fetishism भनिन्छ भने यस्ता व्यक्तिलाई fetishist भनिन्छ । उदाहरणका लागि यसमा जुत्ता, महिलाका भित्री पहिरन, पन्जा वा कोमल वस्त्र प्रयोग भएको पाइन्छ । कहिलेकाहीं विशेष वस्तुले बनेको कुराप्रति पनि आकर्षक हुनसक्छ, जस्तै कि छाला, रबर, रेशम वा भुवा । उनीहरू त्यस्ता वस्तु चोर्न समेत पछि पर्दैनन् । त्यसैगरी Partialism ले भने यौनसँग प्रत्यक्ष सम्बन्ध नभएको शरीरको अङ्ग संलग्न भएको कुरालाई जनाउँछ । पैताला, खुट्टाको बूढी औंला तथा केश प्राय: यसमा प्रयोग गरिने अङ्ग हुन् ।
यस्ता व्यक्तिले आफ्नो यौन सन्तुष्टिका लागि प्राय: यसलाई हातमा लिने, शरीरमा दल्ने, चाख्ने वा सुँघ्ने काम गर्छन् । केहीलाई त ती वस्तुको तस्बिरले मात्र पनि यौन उत्तेजना प्रदान गर्न सक्छ । Underwear सँगको ] sexual fetishism लाई Underwear Fetishism भनिन्छ भने अन्य लुगा विशेषलाई Garment fetishism भनिन्छ । Fetihistहरूको यौन क्रियाकलाप विशेषत: यस्ता वस्तु वा शरीरको अङ्गको प्रयोगमा केन्द्रित भएको पाइन्छ । Fetishism नभएका व्यक्ति पनि यस्ता वस्तु वा अङ्गबाट यौन उत्तेजित भए पनि उनीहरू यसमै स्थिर हुँदैनन् । यस्ता समस्या भएका व्यक्ति यस्तो वस्तुको प्रयोग भएको स्थितिमा मात्र यौन उत्तेजित हुने र यौन चरमसुख प्राप्त गर्न सक्ने स्थितिमा हुन्छन् । उत्तेजना भैहाले पनि थोरै मात्र हुन्छ । यस्ता कुराले तपाईंको यौन तथा सामजिक जीवन नै अस्तव्यस्त बनाएको छ भने उपचारको आवश्यकता पर्छ । त्यसका लागि मनोचिकित्सकको सहयोग लिनु बुद्धिमानी हुन्छ ।
– डा. राजेन्द्र भद्रा/कान्तिपुर साप्ताहिकबाट