• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा एसईई उत्कृष्ट हुनेले ५० हजार नगत संगै यी कोर्षहरुमा निशुल्क शिक्षा पाउने भए


चैत १४, सल्यान ।
सल्यानबाट यो बर्षको एसइइमा परीक्षामा सर्बोत्कृष्ट अंक सहित उत्कृष्ट ग्रेड ल्याउन सफल हुने विद्यार्थीलाई ५० हजार नगद सहित निशुल्क शिक्षाको घोषणा गरिएको छ ।

चलचित्र निर्देशक अमेरीका बस्ने सल्यानी युवा राजेन्द्र केसीले एसइइमा सल्यान टप्ने विद्यार्थीलाई ५० हजार नगद पुरुस्कारको घोषणा गरेको दुई हप्ता नबित्दै कुमारीपाटी ललितपुरमा अबस्थित ओमेगा इन्टरनेशनल कलेजले सल्यान जिल्लाबाट सर्बोत्कृष्ट अंक तथा ग्रेड ल्याउन सफल हुने विद्यार्थीलाई कलेजको शुल्कमा सतप्रतिशत स्करलशिपको घोषणा गरेको छ ।

कलेजमा लाग्ने सम्पूर्ण शैक्षिक शुल्कमा सतप्रतिशत स्करलशिपको व्यबस्था गरीएको ओमेगा इन्टरनेसनल कलेजका अध्यक्ष खगराज घिमिरेले बताए । आफ्नो कलेजमा हरेक बर्षजसो प्लस टुमा सल्यानी बिद्यार्थीहरुलाई पढाइराखेको सुखद अनुभुती सङ्गाल्दै आएको भन्दै घिमिरेले घोषणाको पहलकर्ता नेप्टेक एजुकेसन फाउण्डेसनलाई ओमेगा कलेजको टिमको तर्फबाट धन्यवाद ज्ञापन समेत गरे ।

त्यस्तै सल्यानबाट परीक्षामा सर्बोत्कृष्ट अंक/ग्रेड ल्याउने विद्यार्थीलाई सल्यानी युवाहरुद्वारा सन्चालित नेप्टेक एजुकेसन फाउण्डेसन प्रालीले ब्रिज कोर्ष, कम्प्युटर ट्रेनिङ्ग र ईंग्लिश ल्यागुएज कक्षाहरु पढाउदा लाग्ने शुल्क रिजल्ट आएपछी जिल्ला प्रथम हुने विद्यार्थीको शुल्क फिर्ता गरीदिने पुर्वघोषणा गरेको छ ।

प्रकाशित मिति : २०७४ चैत्र १४ गते बुधवार