चैत १५, सल्यान ।
सल्यानमा विद्यालय हाताभित्र हो-हल्ला गरेको भन्दै प्रहरीको चर्को आलोचना भएको छ । एसईई परिक्षाको लागि सुरक्षार्थ खटिएका प्रहरीले बुधबार बागचौर १० पिपलनेटामा रहेको महेन्द्र माविको प्रांगणमा डेग बजाएर नाचगान गरेपछि उनिहरुको स्थानियले विरोध गरेका हुन ।
प्रहरीको गलत क्रियाकलाप भनेका स्थानियहरुले सामाजिक संजालमा भिडियो सहित उनिहरुका गतिविधि अप्लोड गरेर विरोध जनाएका छन ।
बेलुकी साढे ५ बजे परिक्षा केन्द्र रहेको विद्यालयमा प्रहरीहरु चर्को स्वरमा संगित बजाएर नाच्न थालेपछि परिक्षार्थी र स्थानियको भिड जम्मा भएको थियो ।
ध्रुुव दर्पण नामक फेसबुकमा लेखिएको छ “परिक्षा केन्द्र तोकियको स्कुल एरिया भित्र के यसरी अमर्यादित गतिविधि गर्न मिल्छ ? एसइइ परिक्षा लाई मर्यादित बनाउन आयका पुलिस प्रशासन नै यस्तो गैर जिम्मेवार बन्न मिल्छ कि मिल्दैन त ? यस तर्फ समन्धित निकाय को ध्यानाकर्षण होस।”
पिपलनेटा केन्द्रमा परिक्षा केन्द्र बनेका विद्यालयहरुले पनि यस्तो गतिविधिले विद्यार्थीको परिक्षालाई प्रभाव पार्ने जनाएका छन ।
सामाजिक संजालमा अाएको विरोध
हेर्नुहोस् भिडियो