कुखुरा चोरेपछि अर्को काण्डः अहिले एमाले र काँग्रेसका जनप्रतिनिधि मिलेर सरकारी बजेटमा ठुलै गैरकानुनी काम


चैत १५, कालिकोट ।
वडा सदस्यले कुखुरा चोरर खाएको नामबाट चिनिन थालेको कालिकोटको महावै गाउँपालिकाकामा अर्को काण्डको खुलासा भएको छ । गाउँपालीका अध्यक्ष, उपाअध्यक्ष र कार्यकारी अधिकृतले करोडौं भ्रष्टाचारसँगै गाउँपालिकाको बजेटमा तीनै जनाले जग्‍गा खरिद गरेको खुलास भएको हो ।

अध्यक्ष नन्दबहादुर सिंह, उपाध्यक्ष मोहनराज शाही र कार्यकारी अधिकृत मिलेर गाउँपालिकाको बजेटबाट सुर्खेतमा व्यक्तिगत जग्गा खरिद गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर मुलपानीमा ४८ मिटर जग्गा खरिद गरेका छन् । उपाध्यक्ष शाहीले भाईबुहारी र श्रीमतीको नाममा जग्गा खरिद गरेका छन् भने अध्यक्ष सिंले र कार्यकारी अधिकृतले १६–१६ मिटरका दरले बयाना बुझाएका छन् ।

सार्वजानिक ऐनअनुसार कुनैपनि सूचना प्रकाशन नगरी विना बिल भरपाई सामान खरिद गरको भ्रमण खर्च भनेर लाखौं रकम मनोमानी तरिकाले वितरण गरेको सरकारी औषधिका खरिद र नक्कली बिल बनाएको, कर्मचारी नियम विपरित र नियुृक्त गरेको र विकास निर्माणमा करोडौं रकम भ्रष्टाचार गरेको भन्दै स्थानीय अन्य राजनीतिक पार्टीले विरोध गर्दै आएका छन् ।

अर्थ मन्त्रालयले गाउँपालिकाको व्यवस्थापन गर्ने भनेर पठाएको ५२ लाख अध्यक्ष, उपाअध्यक्ष, कार्यकारी अधिकृत मिलेर समान खरिद गरेको र भ्याट बिल बनाएर भ्रष्टाचार गरेका छन् । पलाष्टिकका कुर्सी खरिदमा ५०० पर्ने खरिद गरेर ८०० को बील बनाएकाmे प्रत्येक वडालाई ३० हजारको ल्यापटप खरिद गरेर ५५ हजारको बील बनाएको पाइएको बताइएको छ । भ्रमण खर्च भनेर ४० लाख छुट्याइएको तर कहिले, कहाँ र कुन उद्देश्यमा भ्रमण गरियो भन्ने कुन रेकर्ड छैन ।

यो गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका नन्दबहादुर सिंह र नेकपा एमलेबाट उपाध्यक्षमा मोहनराज शाहीले जितेका थिए । केन्द्रमा एमाले र माओवादी केन्द्रबीच सहकार्य भएपनि यो गाउँपालिकामा भने शाहीले आफ्नो पार्टीलाई कुनै जानकारी नै दिएर सिंहसँग मिलेर भ्रष्टाचारमा लिप्त छन् ।

यसैबीच स्थानीय राजनीतिक पार्टीका प्रतिनिधिले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गाउँपालिकामा भएको भ्रष्टाचारको छानविनको लागि माग गरेका छन् ।
नेकपा एमालेका गाउँपालिका संयोजक खड्कबहादुर सिंह, माओवादी केन्द्रका डिल्लीबहादुर सिंह, नेपाली काँग्रेसका पूर्वसभापति धनबहादुर सिंह र राप्रपाका भानबहादुर सिंह र सोही गाउँपालिकाका कानुनी सल्लाहकार राजेन्द्र बहादुर थापाले संयुक्त रुपमा मुख्यमन्त्रीलाई पत्र लेखेर छानविनको लागि माग गरेका छन् ।

जनप्रतिनिधिको यस्तो हरकतबाट स्थानीय आक्रोसित भएका छन् । उनीहरुले भ्रष्टाचारी जनप्रतिनिधि चाहिदैन भन्दै कालोमोसो दल्नु पर्ने बताउँदै आएका छन् ।

याे पनि

http://www.lekalionline.com/archives/6502

प्रकाशित मिति : २०७४ चैत्र १५ गते बिहिवार