• २०७९ चैत्र १२ गते आइतवार
  • Preeti To Unicode

नक्कली डाक्टर बनेर नेपाली सेनाले गरे आमाको उपाचार गर्न आएकी युवतीलाई बलात्कार


चैत १५, काठमाडौं ।

गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी २३ वर्षीय युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् ।

अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती युवतीलाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार खुलेको काठमाडौं प्रहरी परिसरले जनाएको हो ।

ती महिलालाई अर्जुनले आफ्नो नाम सन्तोष घले बताएर अस्पतालका डाक्टरहरुसँग राम्रो चिनजान भएको र आमाको उपचारमा सहयोग गर्छु भनेर झुक्काएर जबरजस्तीकरणी गरेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा जाहेरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितले दिएको जाहेरीमा उल्लेख भए अनुसार अर्जुनले महिलालाई सामाखुशीस्थित आफ्नो सानी आमासँग भेटघाट गर्न भनेर मित्रनगरस्थित फूलबारी गेष्ट हाउसमा लगेर बलात्कार गरेका हुन् ।

प्रकाशित मिति : २०७४ चैत्र १५ गते बिहिवार