• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

नेकपाको पक्षमा जनमानस ओर्लीयोः प्रकाण्डको घरमा पक्राउ पुर्जी टाँस्न गएका सरकारी कर्मचारीहरू लखेटिए


 चैत १५, काठमाडौं ।

कालीकोटमा नेपाल कम्युनिस्ट पार्टीको पक्षमा जनमानस ओर्लीएको छ । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा वारेन्ट टाँस्न गएका सरकारी कर्मचारीहरूलाई स्थानीय जनताहरु एक भएर लखेटेका छन् ।

प्रकाण्डको नाममा पक्राउ पुर्जी लिएर कालिकोटको माल्कोटस्थित उनको घरमा पुगेका सरकारी कर्मचारीहरुलाई स्थानीय जनताले लखेटेका हुन् । बिहिबार दिउसो सरकारी कर्मचारीसहितको टोली माल्कोट पुगेको थियो । स्थानीय चुनावमा निर्वाचन टोली लखेटेका माल्कोटबासिले नेकपा नेता प्रकाण्डको घरमा पक्राउ पुर्जी टाँस्न उनीहरु पुगेको सूचना पाएपछि जम्मा भएका थिए ।

उनीहरुको सरकारी कर्मचारीहरुलाई प्रवक्ता प्रकाण्डको घरमा पुर्जी टाँस्न दिएनन् । यसअघि नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को घरमा समेत केपी ओली सरकारले पक्राउ पुर्जी टाँसेपछि उनका जिल्लाबासिहरु बिरोध प्रदर्शनमा नै उत्रिएका थिए ।

प्रकाशित मिति : २०७४ चैत्र १५ गते बिहिवार