सुर्खेतमा प्रहरीले गरेको गौरीकलाको हत्याको क्रान्तिकारीद्धारा दाङमा विरोध
चैत १५, दाङ ।
विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकटको अखिल क्रान्तिकारीले सुर्खेतमा भएको गौरीकला रोकाएको घटनाको विरोधमा दाङको तुलसीपुरमा विरोध र्याली निकालेको छ ।
एसईई परिक्षा दिन भनि आएकी सुर्खेत जिल्लाको सूर्य प्रकाश माविकी छात्रा १८ बर्षीया गौरीकला रोकायाको बलात्कारपछि हत्या गर्ने घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै सडकमा उत्रीएका विद्यार्थीहरुले तुलसीपुर बजारका विभिन्न भाग परिकक्रमा गरेका थिए । संगठनका दाङ जिल्ला सचिव अमर खड्काको नेतृत्वमा भएको प्रदशन तुलसीपुरको वाहिनी चोकवाट सुरु भएको थियो भने विरेन्द्र चोकको परिकर्मापछि वीपी चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
र्यालीपछि तुलसीपुरको विपि चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले एसईई परिक्षामा दिन आएकी रोकाएलाई सामुहिक बलात्कार गरी हत्या गरेको भन्दै अभियुक्तहरुलाई हदै सम्मको कारबाही गर्नु पर्ने माग गरेका थिए । बलात्कारमा संलग्न प्रहरी जवानसहित अन्य सहयोगीहरुलाई पनि हदैसम्मको कारवाहीको माग संगठनले गरेको छ ।
उक्त कोणसभालाई अखिल क्रान्तिकारीका जिल्ला सचिव अमर खड्का र जनगणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य रुद्र वलीले सम्वोधन गरेका थिए । उनिहरुले छोरी चेलीहरुका लागि घर, विद्यालय, होटल र सडक दिनप्रतिदिन असुरक्षीत वन्दै गएको भन्दै राज्यले पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने बताएका थिए ।
नारी भएकै कारण अकालमा ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्नु पर्ने भन्दै सरकारले बलात्कारीलाई कडा काराबाही नगरे अखिल क्रान्तिकारीले कारबाही गर्ने चेतावनी दिए ।
विगतमा पनि प्रहरी प्रशासन भित्रैका व्यक्तिहरुवाट बत्कृत भएका महिलाहरुले न्याय नपाएको भन्दै अखिल क्रान्तिकारी दाङले बलात्कारमा सम्लग्न जो कोहीलाई पनि कडा कारवाही गर्नुपर्ने बताएको छ ।