सरिता चलाउने
चैत १५, सल्यान ।
मुक्तिनाथ बिकास बैंक लिमिटेडको शाखा कार्यालय शारदा नगरपालिकाको श्रीनगरमा र बागचौर नगरपालीकाको वडा नम्बर २ बागचौर बजारमा उद्घाटन गरिएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरि जिल्लाको दुई ठाउँमा शाखा उद्घाटन गरिएको हो ।
बैंकले जनताहरुले सोचे अनुरुपको सेवा बिस्तार गर्ने मुक्तिनाथ बिकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए । मुक्तिनाथ बिकास बैंकले जनता बैंकमा होइना,बैंक जनतामा जानू पर्दछ् भन्ने कुरालाई आत्मसात गरेर आधुनिक बैकिङ्ग,लघुबित्त र ग्रामीण बैकिङ्ग मार्फत गाउँदेखि शहर सम्म र गरिव देखि धनी सम्मलाई प्रत्यक्ष बित्तीय सेवा सर्बसुलभ रुपमा उपलब्ध गराउदै आइरहेको र अझ यस्लाई बिस्तार गर्ने उनले बताए ।
२०६३ साल पौष १९ गतेदेखी संचालित भै नेपाल रास्ट्र बैंकबाट (ख) बर्गको इजाजत प्राप्त मुक्तिनथ बैंकले एक हजार देखि करोडौं सम्म कर्जा प्रदान गर्ने,बिना धितो कर्जा प्रदान गर्ने,जुन सुकै शाखा बाट नि जीवन बिमा गर्न सकिने लगाएत दर्जनौ सेवा सुबिधा प्रधान गर्ने ढकालले बताए ।
मुक्तिनाथ विकास बैंकको सल्यान श्रीनगरमा शाखा उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिती शारदा नगरपालीका मेयर सुरेश अधिकारीले जनता बैंकमा होईन बैंक जनतामा जानु पर्दछ भन्ने मुल मर्म नै बैंकको राम्रो पक्ष रहेको बताए । बैंकको धनि देखि गरीब सम्म, गाउँ देखि शहर सम्म सबैलाई वित्तिय साक्षरता पु्याउदै अगाडी बढेकोमा धन्यवाद समेत प्रदान गर्दै बैंकले अझै सल्यानका ग्रामीण क्षेत्रमा पुगेर आफ्नो वित्तिय सेवा तथा शाखा विस्तारका लागी अगाडी बढ्न समेत सुझाव दिए ।
उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमेरे, छत्रेश्वरी गाउँपालीकाका अध्यक्ष सन्तोष के.सी. सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिर बहादुर चलाउने लगायतल शुभकामना दिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ट अथितीहरुले अन्य बैंकहरु भन्दा यस बैंकले छोटो समयमै सल्यानमा आफ्नो पृथक कार्यक्रम मार्फत राम्रो प्रभाव पारेको भन्दै बैंकको प्रशंसा गरेका थिए ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकको लघुवित्त कार्यक्रममा आवद्ध महीला दिदि बहीनीहरुको उल्लेखिय सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण बैंकका कम्पनी सचिव डण्डपानी ढकालले गरेको कर्मचारी डिल्ली रानाले जानकारी दिए ।
यसैबिच बागचौरमा मुक्तिनाथ बिकास बैंकले शाखा कार्यालय उद्घाटन गरेलगतै सर्बसाधारणमा हरुमा खुसियाली छाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले नगर भित्र बैंकहरुको बिस्तारले सर्बसाधारणको जिबन स्तरमा परिबर्तन आउने बताए ।
नगर बिकासको एक सुचक त्तत्व बैंक पनि भएकाले यस्को बिस्वस्नियता लाई कायम राखेर काम गर्न नगर भित्रका बैंकहरुलाई अनुरोध गरे ।
बुढाथोकीले जनतामुखी सेवाको लागि मुक्तिनाथ बिकास बैंकलाई शुभकामना दिए ।