• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

“बन्दुकको बलले जनताको आन्दोलन रोकिदैन, मोर्चा बनाएर दलाल सत्ता ध्वस्त पार्छाैँ”


चैत १५, सल्यान ।
नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय जनप्रतिनिधि सभाकी अध्यक्ष तथा पार्टीकी पि.बि.एम उमा भुजेल (शिलु) ले भ्रष्टहरुलाई जनअदालतमा ल्याएर कार्वाही गर्न एकीकृत जनक्रान्तीको कार्यदिशा अनुसार जनपरिषद गठन गरिएको बताइन् ।

बिहीबार मगरात स्वायत्त प्रदेश सल्यानको दोस्रो जिल्ला अधिबेशन कार्यक्रममा बेल्दै उनले स्थानीय सत्ता खालि गर्न र देशमा संसदीय लुटतन्त्रको अन्त्य गर्न दलालहरुका विरुद्ध सबै मोर्चा बनाएर उनकै भाषामा दलाल सत्ता ध्वस्त पर्ने बताएकी छन् । उनले भनिन् जनताको न्याय पुर्ण आन्दोलनलाई सरकारले बन्दुकको बलमा दबाउन खोजिरहेको छ । तर,त्यो सम्भव हुदैन् । यतिखेर देशमा भ्रष्ट, दलाल र तष्करले लुटतन्त्र मच्याएको भन्दै उनले त्यसको एकमात्र विकल्प भनेको वैज्ञानिक समाजवाद रहेको बताइन् ।

अधिबेशनले जनप्रतिनिधि सभाको अध्यक्षमा सागरलाई निर्वाचित गरेको छ । जसमा
४५ जना सदस्य रहेका छन् । त्यस्तै जनपरिषद प्रमुखमा मोहन चयन भएका छन् । जसमा १५ सदस्य रहेका छन् ।

अधिबेशनले देशभरि समानन्तर सत्ता निर्माण गर्दै उसकै भाषामा दलाल सत्ता कब्जा गर्ने, अन्याय अत्याचारका विरुद्ध न्याय दिने र समानन्तर सत्ता चलाउने निष्कर्श निकालेको मगरात स्वायत्त प्रदेश सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र १५ गते बिहिवार