• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

सल्यान रुकुम यातायातले गर्याे आफ्नै कर्मचारीलाई कारबाही, कारण यस्तो छ ?


चैत १५, सल्यान ।

सल्यान रुकुम यातायात ब्यवसायी समिती सल्यानको नियमित बैठक सम्पन्न भएको छ ।

बिहिबार शाखा कार्यालय बागचौरमा समितिका अध्यक्ष लोकमान बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले समितिको नीति विधि बिपरित क्रियाकलाप गर्ने केही कर्मचारिहरुलाई कारबाही गरेको समितिले जानकारी दिएको छ ।

कार्बाहि पर्नेहरुमा यात्रु, गाडी ब्यवसायि र अन्य सर्बसाधरणहरुलाई दुव्र्यवहार गर्न खोज्ने, समिती प्रशासनले खटाएको डिउटिमा अनियमिता र छाडापन ल्याउने, समितिको पोसाकको सहि ठाउँ प्रयोग नगर्ने लगाएतका कर्माचारीहरु रहेको समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिए ।

अध्यक्ष बुढाथोकीका अनुसार सल्यान रुकुम यातायात ब्यवसायी समितिले दिने यातायात सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो । बैठकबाट फोहरलाई ब्यवस्थापन गर्नको लागि आफ्नो समितिका प्रत्येक गाडिहरुमा डस्टबिन राख्ने निर्णय गरिएको समेत उनले बताए ।

जनताको मागलाई ध्यानमा राख्दै सल्यान रुकुम यातायात ब्यवसायी समिती सल्यानले दाङ तुलसीपुर देखी, सल्यान रारेचौर, सेताढार, मलिबाङ्ग हुँदै फारुला सम्म केही दिन भित्रै दैनीक एक वटा गाडी संचालन गर्ने तयारीमा रहेको समितिका बरिस्ठ उपाध्यक्ष डम्बर बहादुर कवरले जानकारी दिए ।

प्रकाशित मिति : २०७४ चैत्र १५ गते बिहिवार