चैत १६, दाङ ।
क्रान्तिकारी पत्रकार संगठन दाङले चैत २७ गते जिल्ला सम्मेलन गर्ने भएको छ ।
बिहीबार घोराहीमा बसेको बैठकले जानकी दहितको संयोजकत्वमा १७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति समेत गठन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी दाङका इन्चार्ज सविन पोख्रेल, संगठनका केन्द्रिय सदस्य तथा राप्ती ब्यूरो समन्वय समितिका संयोजक डिल्लीराज रावत, संगठनका केन्द्रिय सदस्य हरि भण्डारीको विशेष उपस्थितिमा बसेको बैठकले जिल्ला सम्मेलनलाई भव्य सम्पन्न गर्ने निर्णय गरेको छ ।
संगठनको जिल्ला सम्मेलन आयोजक कमिटिमा सन्तोष गुप्ता, बिदुर एमसी, दोर्ण केसी, ओम प्रकाश गुप्ता, दिपक वली, अमर चौधरी, जंग रेउले, इराधा झाक्री, बिनिता चौधरी, मनिषा मगर, तेज प्रसाद पोख्रेल, ऋषिराज पोख्रेल, लगायत रहेका छन् । जिल्ला सम्मेलन हुनु अगाडि दाङका सबै मिडियाका श्रमजीवि तथा क्रियाशिल पत्रकारहरुको अवस्थाबारे बुझ्ने, अन्तरक्रिया, छलफल गर्ने निर्णय पनि गरेको छ ।
बैशाख १५ र १६ गते हुन लागेको राष्ट्रिय सम्मेलनको तयारी स्वरुप हुन गइरहेको जिल्ला सम्मेलनलाई सफल पार्न सबैको सल्लाह, सुझाव र सहयोगको अपेक्षा समेत गरेको छ ।