• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

मध्यरात एनसेलका दर्जन बढी टावरमा आगजनी, यस्तो छ कारण र क्षतिको बिबरण ?


चैत १६ , काठमाडौं ।

राज्यलाई सबै कर तिर्न आनाकानी गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले एनसेलका दर्जनभन्दा बढी टावरमा आगजनी गरेको छ ।

विहीबार राति रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, वागलुङ, नवलपरासीलगायतका जिल्लामा रहेका एनसेल टावरहरुमा आगजनी गरेको हो । राज्यलाई बाँकी कर तिर्न दवाव दिन चेतावनी स्वरुप केही टावरहरुमा आगजनी गरेको उक्त पार्टीले जनाएको छ ।

गएराति मात्रै आगजनी गर्दा कपिलवस्तुको विजयनगर गाउँपालिका जुटपानिमा र बाणँगगा नगरपालिका जिनउमा रहेका २ एनसेल टावरमा पूर्ण रुपमा ध्वस्त भएको बताइएको छ ।
त्यस्तै रुपन्देहीको रुद्रपु, स्याङ्जाको विर्घामा, पाल्पाको माथगढी, गुल्मीमा रहेको टावर, बागलुङको कोठेखोला,सिन्धुलीको कपिलाकोटलगायत मध्य नेपालका दर्जनभन्दा बढी टावरमा आगजनी गरिएको छ ।

मोवाइसेल सेवा प्रदायक कम्पनी एनसेलका टावरमा आगजनी भएपछि त्यस क्षेत्रमा सेवा अवरुद्ध भएको छ । यसअघि फागुन १ गते जनयुद्धको अवसरमा पनि नेकपाले एनसेलका देशभरका पाँच दर्जन टावरमा आगजनी गरेको थियो ।

एनसेलले अझै राज्यलाई ३२ अर्बभन्दा बढी कर तिर्न बाँकी छ । एक वर्ष अगाडि पनि केही टावरमा आगजनी भएपछि एनसेलले सेवा र लाभकर सबै एक वर्षभित्र तिरिसक्ने प्रतिवद्धत जनाएको थियो । आफ्नो पार्टीसँग गरेको प्रतिवद्धताअनुसार कर नतिरेको भन्दै नेकपा नेता कार्यकर्ताहरु आक्रोसित भएका छन् ।

नेकपाले एनसेलमाथि चरणबद्ध हमला गरिरहेको छ ।
विहीबार साँझ बागलुङको काठेखोला गाउँपालिकाको घोडाबानेमा रहेको एनसेलको टावरमा नेकपाका कार्यकर्ताले आगजनी गरेका हुन् । आगजनीबाट उक्त टावर ध्वस्त भएको बताईएको छ ।

एकिकृत जनजागरण अभियान चलाएको नेकपाले जनयुद्ध दिवसको अवसरमा एनसेलका टावरहरुमा आगजनी गरेको थियो । तत्काल बाकी कर तिर्न एनसेललाई नेकपाले आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : २०७४ चैत्र १६ गते शुक्रवार