चैत १६, काठमाडौं ।
मुलुकका तीन ठूला विद्यार्थी संगठनले शनिबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेका छन् । एसइई परीक्षा भइरहेको समयमा शैक्षिक हडताल घोषणा गरेपछि विद्यार्थी र अभिभावकहरू अन्योलमा परेका छन् ।
अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको बिहीबार सम्पन्न संयुक्त बैठकले शिक्षा ऐन नवौँ संशोधन खारेज र २३ चैतमा शिक्षक सेवा आयोगले लिन लागेको परीक्षा स्थगित गर्न माग गरेको छ ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार माग पूरा गराउन १६ चैतमा देशभरका कलेजअगाडि प्रदर्शन र आधा घन्टा चक्काजाम गर्ने र सोही दिन ११ बजेदेखि माइतीघर मण्डलामा बृहत् प्रदर्शन र चक्काजाम गर्ने निर्णय भएको छ ।
१६ चैतमा देशभरका कलेजअगाडि प्रदर्शन र आधा घन्टा चक्काजाम गर्ने र सोही दिन ११ बजेदेखि माइतीघर मण्डलामा बृहत् प्रदर्शन र चक्काजाम गर्ने निर्णय भएको छ । तीन संगठनले १७ चैतदेखि अनिश्चितकालीन शैक्षिक हडताल घोषणा गरेका छन् ।
विज्ञप्ती यस्तो छ