• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

तिम्रो आगमनले : खुसीको महत्वपूर्ण पल बन्यो


जीवन डाँगी
चैत १६, काठमाण्डौँ ।

टाढा सम्झिए : टाढा हुन्छ
आफ्नै सम्झिए : गाढा हुन्छ
सम्झना स्वरुप केवल केहि शब्द । तिम्रो याद, सुमधुर आवाज अनि लिबाङ बजारका स्मृतिहरु सल्बलाई रहन्छ । राजधानीको यात्रामा कता–कता चिसो हावाले स्पर्शगर्दा पनि, तिमि साथमा भएको आभास हुन्छ । फेरी कल्पनामा तिमीलाई महसुस गर्छु । तर यर्थाथता अकै हुन्छ ।

लिबाङ बसाँइमा कसै प्रति खोट लगाउने कुनै शब्द नै छैनन् । समयले भुमिका र स्थान फेरिएको छ । सानो उमेरमै धेरै जिम्मेवारी पाए । बिस्वासका साथ जिम्मेवार बनाउने सबैमा हार्दिक नमन । कारणबस केहि स्थानमा पुर्णरुपले जिम्मेवारी सम्पन्न गर्न नसकेकोमा माफी समेत चाहान्छु । सदरमुकाम बस्दा मैले पाएका प्राय जिम्मेवारी पुरा गरेको समेत अनुभुति गरेको छु ।

सदरमुकाम आएको धेरै बर्ष भएको छैन । यति चाडै छोडि हाल्ने सोेचेको पनि थिईन । ०७० साल आसपासमा दाङ जान परिवारले आग्रह गरेपनि यता आएको म, लिबाङ बसाँइमा उपल्बधी नै मानेको छु । यहाँ बस्दा सधै सकारात्म प्रेरण दिईरहने ईश्वरी दिदि लगायत सबैमा धेरै–धेरै धन्यबाद ।

चकचके बानीले धेरैलाई घोच्यो होला, यस प्रति पुनः माफी चाहान्छु । लिबाङमा बस्दा धेरै साथी बने, कोहि–कोहि क्षणीक बने तरपनि मनमै बसे । जीवनमा ती मनुष्यहरुको आगमन पनि खुसीको महत्वपूर्ण पल बन्यो । केही पल मिठा अनि हृदयमा सजाउन लाएक हुदा रहेछन् । छोटो तिम्रो साथमा बिताएका मिठा पलहरुलाई आगामि जीवनको यात्रा रमनीय बनाउने सोचेको छु ।

लिबाङले दिएको मायाको अमिट छाप मेरो हृदयमा सजाएर राखेको छु । सबै–सबैमा निकै सम्झनाका साथमा न्यानो माया । बाँकी यात्रा राजधानीबाट …

लेखक : जीवन डाँगी अर्थात ज्वानौ रोल्पामै बसेर पत्रकारिता गरिका थिए । हाल उनी राजधानी काठमाण्डौँको यात्रामा रहेका छन् ।

प्रकाशित मिति : २०७४ चैत्र १६ गते शुक्रवार