सरिता चलाउने
चैत्र १६, सल्यान ।
राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले सम्पुर्ण अधिकार स्थानीय तह भित्र रहेकाले जनताको भावना बुझेर काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
बागेश्वरी असल शासन क्लब (बास) जिल्ला शाखा सल्यानले शुक्रबार सदरमुकाम खलंगामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख आयुक्त बास्कोटाले जनतालाई आफ्नै घरआगँनमा अधिकार आएको अनुभुति दिलाउनेगरी काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । पहिलो पटक भएको स्थानीय तहको निर्वाचनबाट जननिर्वाचित पदाधिकारीहरु अग्निपरिक्षामा रहेकाले उक्त अग्निपरिक्षामा पास हुने वा नहुने भन्ने कुरा पदाधिकारीकै हातमा रहेको उनले बताए ।
उनले भने- “काठमाण्डौँको सिहंदरबार स्थानीय तहमा आएको छ उक्त सिहंदरबारबाट जनतालाई प्रत्यक्ष रुपमा सेवा प्रदान गर्नुहोस । वास्तवमै सिहंदरबार गाउँमै आएको अनुभुति दिलाउनु होस ।”
स्थानीय तहमा भएका कामकारवाहीहरु पारदर्शी र जनताप्रति उत्तरदायि ढंगले गर्न उनले सबैमा आग्रह गरे । जनतालाई संविधानको भावना र मर्म अनुरुप कार्यगरी जनतालाई सहज र सरल ढंगले सूचना प्रवाह गर्न पर्नेमा जोड दिए ।
जनप्रतिनिधिहरु लिनको लागी नभएर दिनको लागी आएकाले आफुहरु नसुध्रिकन अरुलाई गलत सल्लाह नदिएर असल गुण सिकेर उदारणीय काम गर्न निर्देशन दिए । उनले भने- “तपाई जस्तो आउनु भएको हो उस्तै भएर जानुुस, जनप्रतिनिधिहरुले गर्ने काम सुरु भैसकेकाले बिगदमा सुरु भएका काम क्रमागत रुपले सम्पन्न गर्नु पर्छ ।”
उनले पाँच बर्षको अबधिभर कार्ययोजना बनाएर काम गर्न र योजना बनाउदा सबै बर्ग, जात जाती क्षेत्र समेटेर काम गर्न आग्रह गरे ।